• अवार्डमा सहभागी हुने म्याद फागुन १५ सम्म

    म्यूजिक खबर
    प्रकाशित: ५ फाल्गुन २०७०, सोमबार

    काठमाडौं, ५ फागुन  । संगीत क्षेत्रको एक मात्र अनलाइन पत्रिका म्यूजिक खबर डटकमको आयोजनामा भइरहेको तेश्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ मा स्रष्टा सिर्जनाहरु सहभागी हुने क्रम तीब्र रुपमा अघि बढिरहेको हुँदा आवेदन दर्ता गराउने म्याद फागुन १५ सम्म थप गरिएको छ । आफ्ना सिर्जनाहरुलाई सहभागी गराउने क्रममा सर्जकहरुले उत्साहजनक सहभागिता देखाउँदै अवार्डमा सहभागी हुने क्रम जारी रहेको आयोजक संस्था म्यूजिक खबरले जनाएको छ । विगत दुई वर्षदेखि हुँदै आएको यस अवार्डमा स्रष्टाहरुको सहभागिता जसरी उत्साहजनक रुपमा बढेको थियो त्यसैगरी यस वर्ष त्योभन्दा बढी स्रष्टा र सिर्जनाहरुको सहभागिता हुने देखिएको छ । पत्रकारिताका माध्यमले स्रष्टा र सिर्जनाहरुलाई प्रोत्साहित गर्दै संगीत क्षेत्रको योगदानमा लागेको संचारमाध्यम म्यूजिक खबर डटकमले मौलिक कला संस्कृतिको जगेर्ना गर्दै अझ नयाँ सिर्जना र सर्जकलाई सम्मान गर्ने कार्यमा जोड दिँदै आएको छ। यस वर्ष पनि विगतमा जस्तै स्रष्टा र सर्जकलाई अवार्डका माध्यमले सम्मान गरिने भएको छ । अवार्ड आगामी वैशाखमा राजधानीमा एक कार्यक्रमका बीच सम्पन्न गरिनेछ । अवार्डका लागि सहभागी हुने विधाहरु निम्न रहेका छन् ः
    १. सर्वोत्कृष्ट राष्ट्रिय गीत
    २. सर्वोत्कृष्ट पप पुरुष गायन
    ३. सर्वोत्कृष्ट पप महिला गायन
    ४. सर्वोत्कृष्ट लोक दोहोरी गायक
    ५.सर्वोत्कृष्ट लोक दोहोरी गायिका
    ६. सर्वोत्कृष्ट लोक दोहोरी भाका
    ७. सर्वोत्कृष्ट लोक दोहोरी शब्द
    ८. सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा
    ९. सर्वोत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक
    १०. सर्वोत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो मोडल (पुरुष)
    ११. सर्वोत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो मोडल (महिला)
    १२. सर्वोत्कृष्ट लोक दोहोरी
    १३. सर्वोत्कृष्ट लोक गीत
    १४. सर्वोत्कृष्ट चलचित्र गायक
    १५. सर्वोत्कृष्ट चलचित्र गायिका
    १६. सर्वोत्कृष्ट चलचित्र गीत रचना
    १७. सर्वोत्कृष्ट चलचित्र संगीत
    १८. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक (सुगम संगीत)
    १९. सर्वोत्कृष्ट म्यूजिक भिडियो पुरुष मोडल (सुगम संगीत)
    २०. सर्वोत्कृष्ट म्यूजिक भिडियो महिला मोडल (सुगम संगीत)
    २१. सर्वोत्कृष्ट नवप्रतिभा
    २२. सर्वोत्कृष्ट सुगम संगीत गायक
    २३. सर्वोत्कृष्ट सुगम संगीत गायिका
    २४. सर्वोत्कृष्ट सुगम संगीत रचना
    २५. सर्वोत्कृष्ट सुगम संगीत संगीत
    २६. सर्वोत्कृष्ट एल्बम
    २७. सर्वोत्कृष्ट ध्वनि मिश्रण
    २८. सर्वोत्कृष्ट संगीत संयोजक
    २९. सर्वोत्कृष्ट गजल
    ३०. सर्वोत्कृष्ट युगल गायन
    ३१. एसएमएस च्वाइस अवार्ड

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु