• आइ लभ यू भन्छु काले माइण्ड नगर

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७२, शुक्रबार

    काठमाडौं । अहिलेको युवापुस्तामा आइलभ यू भन्ने कुरा सामान्य भइसक्यो । पहिलेका केटाकेटी उमेर पुग्दा पनि तिमीलाई माया गर्छु भन्न डराउँथे अहिलेका केटाकेटी स्कुल पढ्दादेखि नै आइलभ यू भन्ने गर्छन्, त्यो पनि आमाबाबुको अगाडि नै । पहिला केटा हेर्न आउँदा लजाएर, लुकेर हेर्थे अहिले बाब मेरो ब्वाइफ्रेन्ड भनेर घरै ल्याउने जमाना आइसक्यो । अब यस्तो जमानाको तिज भन्ने चाड कस्तो होला आफैं कल्पना गर्नुहोस् ।

    i love u
    पहिला पहिलाको तिज भनेको वर्षभरिका दुःख पीडालाई माइतीघरको आगनीमा आएर तिजका मौलिक भाका गाएर नाच्ने चलन थियो । तर अहिले भने डिस्कोमा गाउने पाश्चात्य शैलीका गीतहरु तिजको भाकामा गाइन थालेको छ । तिजको रहर आयो वरिलै भन्ने गीतले बाटो बिर्सिसकेछ आजभोलि । तिजको रहर गयो बरिलै भनेर भन्नुपर्ने बेला आयो यहाँ । तिजको बेलामा आइलभ यू भन्छु काले माइन्ड नगर भन्ने धेरै गीतहरु बजारमा आइसके ।

    i love you
    तिज नजिकिँदै गरेको बेलामा गायिका सरिता प्रजापति पनि तिजको गीतमा नाच्न थालेकी छन् । त्यतिमात्र कहाँ होर उनकै मुखबाट निस्केको हो आइ लभ यू भन्छु काले माइन्ड नगर । तिजमा सबै रातो सारीमा देखिएको बेला एक दुई जना देखिएका केटाहरुलाई आइलभ यू भन्ने मुडमा देखिएकी छिन् गायिका सरिता प्रजापति । तिजको यो गीतमा गायिका प्रजापतिकै लय र शब्द रहेको छ भने सुन्दर लामाको एरेन्ज रहेको छ । यस गीतको म्यूजिक भिडियोमा भने गायिका प्रजापति, राज, सोनु र सुनिलको अभिनय रहेको छ भने सन्तोष राजबहाकको नृत्य निर्देशन रहेको छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको यस भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् । भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु