• आखिर किन मर्ने कुरा गर्दैछन् दिपेश (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०७२, मंगलवार

    कमल न्यौपाने । युएई
    पछिल्लो समय नेपाली साङगीतिक क्षेत्रमा नयाँ कलाकारको आगमन हुने क्रमतिब्र रुपमा बढीरहेको छ । कोही गायनमा, कोही संगीतमा त कोही अभिनयमा आफ्नो भबिष्य बनाउनकै निम्ती यो क्षेत्रमा आईरहेका छन् । यसबीचमा कतिपय आफ्नै लगानी कै भरमा यो क्षेत्रमा टिकिरहेका छन् त कतिपय आफ्नो मेहेनत र कलाकै कारण । यो क्षेत्रमा आउनेको संख्या र हराउनेको संख्या लगभग बराबर जसो नै भईरहेकोछ ।

    dipesh karki

    यो क्षेत्रमा आफ्नो कला र मेहेनतकै कारण टिकिरहेका कलाकारहरु मध्यका एक हुन दिपेश कार्की । आजभन्दा करीब २ बर्ष पहिलेबाट अभिनयको क्षेत्रमा प्रबेश गरेका दिपेश थुप्रै सफल र चर्चित गीतका म्युजिक भिडियोमा आफ्नो कला देखाइसकेकाछन । उनले थुप्रै सफल कलाकारहरुको गीतमा आफ्नो अभिनय प्रस्तुत गरेर चर्चा पनि कमाइसकेकाछन । दिपेशको अभिनय रहेको अर्को नयाँ भिडियो बजारमा आएकोछ । शिवदर्शन डिजिटल प्रालिको प्रस्तुती रहेको म त मर्छु, एक दिन मर्छु बोलको गीत बजारमा आएको हो । थुप्रै चर्चित गीत रचना गर्न सफल गीतकार गायत्री थापाको उत्कृष्ट शब्द र रामचन्द्र काफ्लेको स्वर रहेको उक्त गीतमा दिपेश कार्की सँगै दिपा र त्रोयसको अभिनय रहेकोछ । म त मर्छु बोलको गीतमा संगीत भरेकाछन पछील्लो समयका सफल संगिताकार श्रीकृष्ण बम मल्लले । गीतको भिडियो खिचेकाछन दुर्गा पौडेलले र निर्देशन गरेकाछन जीवन सेन्चुरिले । दोलखाको लापिलाङमा जन्मी पढाईको शिलशिलामा काठमान्डौ छिरेका दिपेश यो क्षेत्रमा लाग्न र अहिलेको अवस्थामा आउन थुप्रै मेहेनत गर्नुपरेको पनि बताउँछन् । पिरतिमा भुल्दा सारा होस हराए ,यो जन्ममा तिमीलाई पाउन सकिन ,यो जुनी यस्तै भयो, बोलन केही आजको दिन जस्ता सफल गीतका भिडियोमा अभिनय गरिसकेका दिपेशले म त मर्छु बोलको गीतबाट अझ सफलताको आश गरेको बताएकाछन । दिपेशले चलचित्रमा समेत अभिनय गरिसकेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु