• आजभोली दिपक शर्मालाई के भाको हो ?

    म्यूजिक खबर
    प्रकाशित: १९ आश्विन २०७३, बुधबार

    नेपाली गीत संगीतको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका संगीतकार दिपक शर्मालाई आजभोली के भाको हो कुन्नी ? संगीतकार राम्रा हुन्, गीतकार पनि राम्रै हुन् सबैतिरबाट उनको तारिफ मिलेकै थियो क्यारे तर आजभोलि त बारी बारी टोल टोलमा केटी छेक्दै दौडदैछन् क्यारे यी त ! अचम्म बा, टोल टोलमा केटी छेक्दा पनि ‘हे बरै’ भन्दै हिंड्छन् अनि केटा देखे भने भन्छन् – तरुनी पल्के के होला ?

    dipak-sharma
    एक दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील चर्चित युवा संगीतकार दिपक शर्माले गायन र अभिनयमा पनि डेब्यु गरेका छन् । म्याग्दीमा जन्मेका शर्मा राम्रा गीतकार पनि हुन । उनी आफैं संगीत संयोजन पनि गर्छन् । यसैगरि पछिल्लो समय आएर शर्माले गायन र अभिनयमा पनि हात हालेका छन् । आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा लोक पप शैलीको हे बरै ‘.बोलको गीत सार्वजनिक गरेका छन् । शर्माकै आफ्नै कम्पनी उत्कृष्ट म्यूजिकबाट उक्त गीतलाई सार्वजनिक गरिएको हो ।

    he-barai
    पछिल्लो समय आधुनिक संगीत र चलचित्र संगतिमा राम्रो छवि बनाएका शर्माले रोमान्टिक शैलीको यो गीतमा रोमान्टिक अभिनय पनि गरेका छन् । म्यूजिक भिडियोमा हाँस्य टेलिश्रृंङखला भद्रगोलकी कलाकार रक्षा केसी सँग उनले अभिनय गरेका हुन् । अनिल मानन्धरले छायांकन गरेको म्युजिक भिडियोलाई बसन्त सापकोटाले निर्देशन गरेका हुन् भने भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु