• आधुनिक गीत लेखन र संगीतका बारेमा कार्यपत्र

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०७१, मंगलवार

    काठमाडौं । सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रमा रहेको आधुनिक गीत र संगीतको बारेमा दाङमा कार्यपत्र प्रस्तुत गरिएको छ । गीतकार संघको आयोजनामा भएको कार्यक्रममा सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्रमा गीतकार र संगीतकारको अहिलेसम्मको अवस्थालाई कार्यपत्रमार्फत् संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्रमाथि गजलकार ललिजन रावलले टिप्पणी गरेका थिए । उक्त कार्यक्रममा कार्यपत्रमाथि खुला छलफल गरी प्रश्नउत्तर गरिएको थियो ।
    दाङको घोराहीमा फागुन १६ गते भएको ”मध्य र सुदूर पश्चिमाञ्चल श्रष्टा भेला”मा गीतकार संघको ब्यानरसहित ¥याली निकालिएको थियो । राप्ती साहित्य परिषद् दाङको संयोजनमा दाङको घोराही नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्राज्ञ उन्नति बोहरा शिला, गीतकार दिनेश अधिकारी, प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल, सञ्चारकर्मी नबराज लम्साल, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, संगीतकार संघका अध्यक्ष लक्षम्ण शेष, रजिस्ट्रार बाबुराम गौतम लगायतले शुभकामना मन्त्यब्य राखेका थिए । उक्त कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बिपिन किरणले स्वागत मन्तब्य राखेका थिए भने संघका महासचिव शुभ मुकारुङले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

    dang
    गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहालको सभापतिमा भएको उक्त कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका कुलपति सरुभक्तको प्रमुख अथिति रहेका थिए । कार्यक्रमको पहिलोचरणमा आधुनिक गीतसंगीतको बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो भने दोश्रो चरणको कार्यक्रममा प्रतिलिपि अधिकारसंग सम्बन्धित बिषयमा नेपाल प्रतिलिपी रजिस्टार कार्यालयका रजिस्ट्रार बाबुराम गौतमले आफ्नो प्रतिलिपी अधिकारका बारेमा प्रष्ट पारेका थिए । त्यस्तै रोयल्टी सम्बन्धि रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलन र वितरणको बारेमा बोल्नु भएको थियो । प्रस्तोता समाजका माहासचिव राई नबिनले आफ्नो संस्थाको गतिबिधिबारे प्रष्ट पारेका थिए । कार्यक्रम संघका सचिव राम भट्टराईले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु