• “आमाविनाको संसार सोच्न पनि सकिँदैन”

    म्यूजिक खबर
    प्रकाशित: ८ मंसिर २०७२, मंगलवार

    आमा, धर्ती हुन्, जननी हुन् । आमाबिनाको संसारको परिकल्पना पनि हुन सक्दैन । जन्मदिने आमा र जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ । जुन आमाले जन्म दिएर संसार चिनाएकी हुन्छिन् ती आमालाई जति पूजा गरे पनि, जति गुणगान गाए पनि थोरै हुन्छ । आमाले चिनाएको संसारमा आज हामी सबै रमाउन पाएका छौं, कसैकी छोरी, कसैकी बुहारी र कसैकी श्रीमती बन्दै गर्दा एउटी नारीले सबैभन्दा महत्वपूर्ण स्थान पाउँछे जहाँ ऊ आमाको प्रतिनिधित्व गरिरहेकी हुन्छे ।

    आमा खुशी, आमा देवी आमा नै हुन् धर्ती
    कहिल्यै गाली गरिनौ भो सधैं दियौ अर्ती
    एक्लै छु आमाको साथ छैन
    नरोको दिन छैन रात छैन

    गायक विरही कार्कीको शब्द, संगीत र स्वरमा रहेको आमामा समर्पित गीत उनको वास्तविक जीवनको कथा हो । गायक कार्कीले आफ्नो जीवनकालमा आमाप्रति गरेको सम्मान र आमाले अन्तिम श्वास फेर्दै गर्दा एकचोटी देख्नसमेत नपाएको यथार्थ घटना यसमा समेटिएको छ । गीतले जति बोल्दै जान्छ त्यसको भिडियोले पनि यथार्थता पस्कँदै गएको छ । शंकर बिसीको निर्देशनमा बनेको उक्त भिडियोमा छोराको भूमिकामा महेन्द्र गौतम, चन्द्रमान तामाङको अभिनय रहेको छ आमाको भूमिकामा हिउँवाला गौतमको अभिनय रहेको छ । भिडियोमा गायक कार्कीले आफ्नी छोरी हिमानी र छोरा विशाललाई पनि प्रस्तुत गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई नविन घर्तीमगरको रहेको छ । आजबाट सार्वजनिक गरिएको यस गीतलाई सुनखानी म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु