काठमाडौ , असोज २० । चर्चित प्रस्तोता (भिजे) तथा मोडल सोनिका रोकायाले गम्भीर खुलासा गरेकी छिन् । उनलाई शुक्ला गण्डकी लायन्स महोत्सवमा आयोजकले कलाकारहरुलाई लुटेको आराेप लगाएकि छिन् । उनलेे महानायक राजेश हमाललाई समेत लुटिनबाट बच्न सचेत गराएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा यसरी लेखेकी छिन्:-
सुक्ला गण्डकी लायन्स महोत्सवले सिकाएको पाठ !!!!
कलाकार लाई मिसयुज गरि कमिसन खानु नै छ भने,
महोत्सव लादा खाना को पैसा कलाकार लाई नै तिराउनु छ भने, र महोत्सव स्थाल मा कलाकार लाई इज्जत साथ लान ल्याउन सक्दैन भने…
किन महोत्सव मा कलाकार को दलाली गर्छौं ?BINOD BUDHATHOKI ज्यु
उनले नाम नै ट्याग गरेर बिनोद बुढाथोकी नाम गरेका व्यक्तिले कलाकारसँग कमिसन खाएको आरोप लगाएकी छिन् । उनको स्टाटसमा केहीले बिनोदको इज्जतको ख्याल गर्दै स्टाटस हटाई दिन प्रतिक्रिया दिएका छन् । उनले प्रतिक्रियाकोपनि जवाफमा कलाकारको कमिसन खानेको के इज्जत भन्दै जवाफ फर्काएकी छिन् । सामान्य कुरालाई पनि आयोजकले पुरा नगरेको उनले आरोप लगाइन । आयोजक ले आफुहरुलाई खानाको पैसा तिराएको र आफनो पारिश्रमिक समेत नदिएको उनले सो स्टाटसमा लेखेकी छन ।
तर वास्तविकता के हाे भन्ने कुरा दुबै पक्षको कुरा बाहिर भने यकिन हुनेे छैन ।