• आयो सन्तोषको चाइनाको रेल(भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २८ फाल्गुन २०७५, मंगलवार ०४:५९

    दोस्रो नेपाली तारा सन्तोष लामाले चाइनाको रेल लिएर आएका छन्। भर्खरै नेपाली साँगीतिक बजारमा आइपुगेको सन्तोषको चाइनाको रेललाइ धेरै नेपाली संगीत प्रेमीहरुले रुचाएका छन्।

    कृष्ण केसीको शब्दमा बनेको चाइनाको रेल लाइ हरि लम्सालले सङ्गीतको पाङ्ग्रा भर्दै सन्तोषको श्वरमा दर्शक स्रोता सम्म आइपुगेको हो।
    अहिलेका चर्चित कलाकार सन्दीप क्षत्रि र मुस्कान रानीको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाइ सन्दीपसंगै संदेशजंग रानाले निर्देशन गरेका छन् भने क्रिष्टन कलसले नृत्य निर्देशन गरेका छन्।

    सुसन प्रजापतिले खिचेको यस गीतको म्युजिक भिडियोलाई अनिल केसीले निर्माण गरेका हुन् भने आफ्नो मन नामक युट्युब च्यानलबाट चाइनाको रेललाइ दर्शक सामु पुर्याइएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु