• आलु महोत्सवमा नवीनका पीडा

    म्यूजिक खबर
    प्रकाशित: ३० चैत्र २०७१, सोमबार

    काठमाडौं । गायक नवीन पौडेल आजभोलि विभिन्न महोत्सवहरुमा व्यस्त हुने गर्छन् । देशभित्रका धेरै महोत्सवहरुमा नवीनको पीडा पोख्ने ठाउँ भाको छ । सधैं उनले भन्ने गर्छन् ए हजुर सुन्नुभाछ र मेरै जस्तो मायाजाल हजुरले नि बुन्नुभाछ र ? भन्दै पीडा उजागर गर्ने गर्छन् । कास्कीको हेम्जामा भएको आलु महोत्सवमा नवीनले यस्तै पीडा पोखे । त्यति मात्र होइन यस्तै हुन्छ भन्या भा लाउने थिइनँ माया बुढीकन्या भन्या भा भन्दै उनले आफ्नो मनको पीडा पोख्ने गरेका छन् ।
    हेम्जाको आलु महोत्सवदेखि तनहुँको डुम्रेमा भानु भन्सार महोत्सव, बाग्लुङको चैतेअष्टमी महोत्सव, तनहुँकै मिर्लुङमा भएको होमस्टे प्रोग्राम जस्ता विभिन्न महोत्सव सकेर भर्खरै काठमाडौं फर्किएका नवीन पौडेलले विकृतिका धेरै कुरा गर्दै आएका छन् । पौडेलले बिर्सियौ गून्यू बिर्सियौ चोली देखि आजै भेट भाको पोखरा आको मै परेँ पाल्पाको जस्ता उनका चर्चित गीतहरुबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । नवीन पौडेल पछिल्लो समयमा व्यस्त गायकका रुपमा चिनिन्छन् । प्राय देशभित्रका मेला महोत्सवमा उनको सहभागिता हुने गर्छ, उनको प्रस्तुतिले सबैलाई मनोरञ्जन प्रदान गर्ने गर्छन् ।

    nabin

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु