• आशाको मंगलबार अन्तिम श्रद्धाञ्जली

    म्यूजिक खबर
    प्रकाशित: २५ आश्विन २०७२, सोमबार

    काठमाडौं । असोज ५ गते हत्या गरिएकी गायिका आशा केसीको अन्तिम श्रद्धाञ्जली भोली मंगलबार गरिने भएको छ । आत्महत्या भनिएको भए पनि अन्ततः पोस्टमार्टम र प्रहरी अनुसन्धानले हत्या भएको पुष्टि भएपछि उनका पति विजय लामालाई प्रहरी पक्राउ गरी कारवाही अगाडि बढाएको छ । उनको शव अहिलेसम्म त्रिभुवन शिक्षण अस्पतालमा नै रहेको हुँदा असोज २९ गते मंगलबार अस्पताल परिसरमा नै राखेर श्रद्धाञ्जली दिइने भएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माका अनुसार उनको शवलाई १२ बजे अस्पताल परिसरमा नै राखी श्रद्धाञ्जली दिइने भएको हुँदा सम्पूर्ण कलाकारलाई उपस्थित हुन अनुरोध गरिएको छ । उनको भोली अन्त्यष्टि गरिने पनि शर्माले बताए ।
    फेवा रोधी क्लब ठमेलमा गायिकाको रुपमा कार्यरत आशा केसी विगत लामो समयदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील गायिका हुन् ।

    aasha kc_singer

    गोरखा देउराली घर भई हाल फेवा दोहोरी साँझमा गीत गाउँदै आएका गायिका केसीको आत्महत्या भएपछि पोष्टमार्टमका लागि लगिएको भए पनि रिपोर्ट अनुसार ५० एमएम विषको गन्ध मात्र भेटिएको, खुट्टामा चोट लागेको र घाँटीमा कोतरिएको अवस्थामा लास रहेको हुँदा विष सेवनबाट नै आत्महत्या नभएको शंका गरिएको छ । काभ्रे घर भएका श्रीमान विजयको आसा कान्छी श्रीमती भएको बताइएको छ । पहिला सँगै बस्दै आएका विजयले पछिल्लो समय जेठी श्रीमतीसँग बस्दै आएको र केसीलाई आफ्नो सुर गर भनि विभिन्न लान्छना लगाउँदै आएको कारण दिनदिनै झगडा हुँदै हुँदा उनको हत्या भएको आशंका गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु