• यो वर्षको पहिलो तीज गीत ‘साईंली छोरी’ सार्वजनिक, शंकर बिसीको शब्द, देबिका र रामकुमारको स्वर

    म्यूजिक खबर
    प्रकाशित: १६ असार २०८२, सोमबार १५:३२

    काठमाडौं। असार महिनाको मध्यतिर आइपुग्दा तीजका गीत सार्वजनिक हुन थालेका हुन् । लोक दोहोरी गायिका देविका केसीले शंकर बिसीको शब्दमा ‘साइँली छोरी’ बोलको तिज गीत ल्याएकी छन् । उक्त गीतमा गायिका देविकालाई गायक रामकुमार नेपालीले साथ दिएका छन् । त्यसैगरी दर्जनौं म्युजिक भिडियोमा नृत्य निर्देशन र अभिनय गर्दै आम दर्शकमाझ चिनिएका निर्देशक शंकर बिसीले उक्त गीतमा शब्द सिर्जना गरेका हुन् । त्यस्तै गायक रामकुमार नेपालीले नै गीतमा संगीत भर्नुका साथै एरेन्ज पनि गरेका छन् ।

    गीतको भिडियोमा पनि निर्देशक शंकर बिसीकै निर्देशन र कोरिग्राफी रहेको छ भने दुर्गा पौडेलले छायांकन गरेका हुन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा निर्देशक शंकर बिसी र जुना बिश्वकर्माले दमदार नृत्यका साथ अभिनय गरेका छन् ।

    यसअघि पनि दर्जनौँ तिज गीतहरू बजारमा ल्याइसकेकी गायिका देविकाका अनुसार यो वर्ष सार्वजनिक भएका पहिलो तीज गीत हो । गायिका केसीको आफ्नै युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु