• आसिकालाई ‘सम वान स्पेशल’ भन्दै आसिसको प्रपोज

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७२, शुक्रबार

    नजिकिदै गरेको ‘भ्यालेन्टाइम डे’मा प्रेममा रमाउने जोडीको लागी उपहार भन्दै ‘सम वान स्पेशल’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनीक गरिएको छ । शुक्रबार युट्युव मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

    रोमान्टीक बाताबरणमा छायाँकन गरिएको उक्त गीतमा मोडल हन्ट नेपालको उत्कृष्ट १० भित्र पर्न सफल तथा मस्ट पपुलर उपाधि बिजेता आसिस रौनियारको अभिनय रहेको छ । रौनियारलाई लिड मोडलका रुपमा आसिका श्रेष्ठले साथ दिएकी छन् । उक्त गीतमा आसिस र आसिकाको अभिनयलाई अन्य केही कलाकारले पनि सिगार्ने काम गरेका छन् । भिडियो रवी मल्ल र फिरोज बस्नेतल निर्देशन गरेका हुन् ।

    some one
    सार्वजनिक गीतमा शब्द ,संगीत र स्वर रवी मल्ल र फिरोज बस्नेतको रहेको छ । भिडियो निकै आकर्षक बनेको छ । बिभिन्न फेसन शोको मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका मोडल रौनियारको यो डेब्यु भिडियो हो । मोडलिङ हँुदै अभिनयमा डेब्यु गरेका रौनियरको चलचित्र अभिनयमा छाउने रहर छ । त्यसका लागी आफुले अभिनयका लागी आवश्यक बिभिन्न प्रशिक्षण समेत सुरु गरेको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु