• आस्था आर्टस् एकेडेमीको आयोजनामा ‘सम्मान एवं सांस्कृतिक कार्यक्रम’ सम्पन्न !

    म्यूजिक खबर
    प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

    वैशाख २७, काठमाडौं । आस्था आर्टस् एकेडेमीको आयोजना तथा पेशा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स क.लि. बालाजु शाखा समितिको सहआयोजनामा राष्ट्रिय नाच घर जमलमा बिबिध सांस्कृतिक एवं सम्मान तथा शुभकामना कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।

    गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिबिध सास्कृतिक कार्यक्रम, सम्मान तथा शुभकामना कार्यक्रममा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले सभापतित्व गरेकी थिइन् ।

    बिशेष अतिथिमा नारायण प्रशाद शर्मा रहेका थिए भने अतिथिहरुमा ज्ञान बहादुर तामाङ, शंकर प्रशाद भट्ट, किरण बहादुर बिष्ट तथा लक्ष्मन बिक्रम बस्नेत लगायतका विभिन्न समाजसेवी व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    बरिष्ट समाजसेवी तथा बिमाबिज्ञ चन्द्र खड्कालाई प्रमुख अतिथि तथा अन्य अतिथिहरुको हात बाट आस्था आट्र्स एकेडेमी द्वारा बिसेष राष्ट्रिय सम्मान प्रदान गरेको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहेको थियो िउक्त कार्यक्रमलाई सिताराम बिष्टले संचालन गरेका थिए भने काष्टमण्डप टेलिभिजन बाट समेत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु