• इटहरीमा गीतकार भेला । अधिकार र रोयल्टी खोज्दै

    म्यूजिक खबर
    प्रकाशित: ९ चैत्र २०७०, आईतवार

    काठमाडौं, ९ चैत । गीतकार संघ नेपालका पदाधिकारीहरु इटहरीमा संगीत साधना प्रतिष्ठानले संयोजन गरेको गीतकार भेलामा जमघट भए । करिब तीन सय गीतकारहरुको प्रतिनिधित्व भएको उक्त कार्यक्रममा काठमाडौंबाट वरिष्ठ गीतकार डा.कृष्णहरी बराल, राजेन्द्र थापा, विश्व बल्लभ एवं गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाललगायतका गीतकारहरुको उपस्थिति रहेको थियो । इटहरीमा हजारौंको संख्यामा दर्शक, स्रोता एवं गीतकारहरुको उपस्थिति गराउँदै सशस्त्र प्रहरी, जनपथ प्रहरीका तर्फबाट बाजागाजासहित शहरलाई परिक्रमा गरि प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको थियो । प्रभातफेरिपछि डा.कृष्णहरी बरालद्वारा लेखिएको ‘नेपाली गीति लेखनको इतिहास, वर्तमान अवस्था र भविश्यको चुनौति’ विषयमा बृहद अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्रमणि दाहालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिलिपी अधिकार रजिट्रार कार्यालयका रजिष्ट्रार विशुकुमार केसी, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, श्याम तमोट, दार्जिलिङका साहित्यकार लीलबहादुर क्षेत्रीलगायत सिक्किमका स्रष्टाहरुको पनि उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रममा झापाका चन्द्र भण्डारीलगायत तीन जनाले उक्त विषयमा सोधपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा रोयल्टीका विषयमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले समस्याको समाधानका बारेमा बोलेका थिए भने गीतकारहरुको समस्या र चुनौतिका बारेमा अध्यक्ष योगेन्द्रमणि दाहालले गीतकारहरुलाई प्रष्ट पारेका थिए ।

    baral

     

    sitaram pokhrel

     

    shre

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु