• इनास युरोप प्रतिष्पर्धाका लागि शैलेश, सुदिप, विश्व, कोपिला, आंचल र रेश्मा छनौट

    म्यूजिक खबर
    प्रकाशित: २७ फाल्गुन २०७३, शुक्रबार

    राजमान तामाङ, डेनमार्क । आगामी अप्रिल महिनाको १३ र १४ तारिकको दिन डेनमार्कको कोपन्हेगनमा आयोजना हुनलागेको पाँचौ युरोप स्तरीय कार्यक्रम अन्तर्गत पाँचौ एकल नृत्य र दोश्रो गायन प्रतियोगिताका लागि डेनमार्कले प्रतियोगी कलाकार छनौट गरेको छ । गत फेब्रुवरी २६, २०१७ मा भएको अडिसनमा सहभागीहरु मध्ये गायन तर्फ शैलेश बि.क., सुदिप श्रेष्ठ र विश्व तामाङ्ग छनौट भएका छन् भने नृत्य तर्फ कोपिला शाक्य आंचल सापकोटा र रेश्मा पौडेल छनौट भएको इनास डेनमार्कले जनाएको छ ।

    inas3

    निकै नै प्रतिष्पर्धात्मक रहेको उक्त अडिशनमा गरिमा घले, नितिका नेपाल, नबिन तिम्सिना, शोभु के सि, हरिप्रसाद न्यौपाने, कुसुम दाहाल लगायतका निर्णायक मण्डलले सहभागी कलाकारहरुको विधागत प्रस्तुतिहरुलाई एक मापदण्ड बनाई मूल्यांकन गरि छनौट गरेका थिए । उक्त अडिसनमा समावेश भएर पनि छनौटमा पर्न नसकेका कलाकारहरुलाई समेत डेनमार्कले कार्यक्रममा प्रस्तुति गर्न दिने भएको बुझिएको छ । सबै कलाकारहरु निकै प्रतिभावान रहेको तर छनौटको लागि तोकिएको मापदण्डमा केहि तलमाथि परेको कारण छनौट हुन नसक्नुभएको कलाकारहरुलाई आफ्नै देशमा पहिलो पटक आयोजना हुनलागेको बृहत कार्यक्रममा उनीहरुको इच्छा रहेमा सहभागी कलाकारको रुपमा भए पनि सामूहिक प्रस्तुत भने गराउने सोच इनास डेनमार्कले बनाएको छ ।

    inas2

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु