• इशाराको एकल सो हुने

    म्यूजिक खबर
    प्रकाशित: १३ असार २०७१, शुक्रबार

    काठमाडौं, जेष्ठ १६ । हास्यव्यङ्ग तथा प्रहसनका माध्यमबाट चर्चा बटुलेका कलाकार गणेश इशाराले एकल सो गर्ने भएका छन् । आगामी भदौं १४ गते राजधानीको नाचघरमा उनको बृहत एकल सो हुने भएको हो । अनाथ तथा अशक्तहरुलाई सांस्कृतिक कार्यक्रम मार्फत सहयोग जुटाउँदै आएका इशाराको यो पहिलो एकल सो हो । आर्थिक हिसाबले सँधै पिडित बताउँदै आएका उनले ‘अरुलाई गरियो धेरैपटक, मलाई गरौं यो पटक’ भन्ने अभियानका साथ एकल सो मा जुटेको जानकारी दिएका छन् ।

    वि.स. २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएका उनी सुरुमा गार्मेन्ट उद्योगमा मजदुरी गर्थे । गार्मेन्ट भित्रै विभिन्न क्यारिकेचर गर्दा गर्दै अब्बल कलाकारका रुपमा दरिएका इशाराका ‘दुर्गति’, ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’ हास्यव्यङ्ग भिडियो एल्बम बजारमा छन् । जुनतार सांस्कृतिक सेवा समाजको आयोजनामा हुन लागिरहेको सोमा इशाराले विभन्न प्रहसन, चुटकिला तथा हाँस्यव्यङ्ग शैलीमा भाषण गर्ने कार्यक्रम छ । उनको साथमा विभिन्न नृत्य तथा स्थापित गायकहरुको स्वर पनि गुञ्जने कार्यक्रम तय गरिएको छ । हाँस्य व्यङ्ग र म्यूजिक भिडियो निर्देशनलाई सँगसगै लिएर हिडेका इशाराको ‘पूर्व जाने हो’ लोकदोहोरी एल्बम पनि बजारमा ल्याएका छन् । उनले निर्देशन गरेका करिब डेढ दर्जन म्यूजिक भिडियोहरु यतिबेला टेलिभिजन पर्दामा देख्न पाइन्छ । नेपाल तथा भारतका विभिन्न स्थानमा दर्जनौं पटक हास्यव्यङ्ग प्रहसन गरेका उनले  एकल सो का लागि प्रायोजकको खोजीमा रहेको बताए ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु