• उत्पादक समाजमा निर्मल ढकालको नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: ११ मंसिर २०७२, शुक्रबार

    nirmal1 dhakalउत्पादक समाज नेपालको आज भएको पहिलो साधारणसभाबाट निर्मल ढकालको नेतृत्व आएको छ । निर्मल ढकालले प्रतिद्वन्द्वी सुवास रेग्मीलाई पछि पार्दै आफ्नो नेतृत्व कायम राखेका हुन् । सुवास रेग्मीको प्यानल र निर्मल ढकालको प्यानलबाट उम्मेदवारी दिइएको भए पनि ढकालको प्यानलले बर्चश्व कायम गरेको हो भने रेग्मी प्यानलबाट एकजना सदस्य सुनिल लामिछानेले मात्र विजयी हासिल गरेका छन् ।
    निर्मल ढकालको अध्यक्षतामा निर्वाचित भएको समूहमा उपाध्यक्षमा सूर्य एक्से मगर, महासचिवमा लक्ष्मण हुमागाईं, सचिवमा पर्शुराम रिजाल, कोषाध्यक्षमा कल्पना पौडेल देवकोटा सदस्यहरुमा हुम गैरे, राज शुक्र लिम्बू, खगेन्द्र याक्सोले रहेका छन् । जम्मा १०९ सदस्य रहेको उत्पादक समाजको पहिलो साधारणसभाबाट निर्मल ढकालको नेतृत्व आएको छ ।
    संगीत व्यवसायमा लागेका व्यवसायीहरुको यो चुनावबाट शानदार विजयी भइसकेपछि ढकालले आफ्नो प्रतिबद्धता अनुसार अघि बढ्ने बताएका छन् । उनले उत्पादकहरुको संगीत रोयल्टी क्षेत्र पहिचान गर्ने, उत्पादकहरुको संगीत रोयल्टी याथशीघ्र वितरण गर्ने, उत्पादकहरुको हक हितको संरक्षण गर्ने, रोयल्टीको मापदण्ड निर्धारण गर्ने, रोयल्टीको लागि एकीकृत गर्ने, पाइरेसी नियन्त्रण गर्ने जस्ता प्रतिबद्धता अघि सारेका छन् । म्यूजिकखबर डटक सम्पूर्ण विजयी सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु