• उत्पादक समाजमा रेग्मी प्यानलको उम्मेदवारी, साधारणसभा भोली ११ बजे

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७२, बिहीबार

    गीतसंगीत व्यवसायमा लागेका संगीतकर्मीहरुको छाता संगठन संगीत उत्पादक समाज नेपालको पहिलो साधारणसभामा विन्ध्यवासिनी म्यूजिकका प्रबन्ध निर्देशक सुवास रेग्मीले अध्यक्ष पदमा उम्मेदवारी दिँदै आफ्नो प्यानल नै सार्वजनिक गरेका छन् । शुक्रबार विहान ११ बजे सामुदायिक भवन घट्टेकुलोमा सम्पन्न हुन गइरहेको उत्पादक समाजको साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरिने भएको हुँदा रेग्मीले आफ्नो प्यानलको नाम सार्वजनिक गरेका छन् ।
    अध्यक्षका उम्मेदवार रेग्मीको प्यानलमा उपाध्यक्षमा रामजी प्रसाद पन्त (आशिष म्यूजिक), महासचिवमा शिव पौडेल (पशुपति म्यूजिक), सचिवमा ईश्वर गुरुङ (एसियन म्यूजिक), कोषाध्यक्षमा रामकुमार शिवाकोटी (अम्बिका म्यूजिक) को उम्मेदवारी रहेको छ । त्यस्तै सदस्यहरुमा सुनिल लामिछाने (गौर्खा चौतारी म्यूजिक), घनश्याम अधिकारी ‘विमल’ (भावना म्यूजिक), शोभाकान्त सापकोटा (जनता डिजिटल), सहदेव कोइराला (बागिना म्यूजिक) को उम्मेदवारी रहेको छ ।

    subas team copy
    “रोयल्टीको व्यवस्थापन, व्यवसायी र संस्थाको जीउने आधार – संगीत उत्पादक समाज एउटा महत्वपूर्ण पूर्वाधार” भन्ने मूल नारा लिएर सुवास रेग्मीको प्यानलले उम्मेदवारी दिएको हो । १०८ सदस्य रहेको यस संस्थाको पहिलाको संस्थाले पदम बुढाको अध्यक्षतामा तदर्थ समिति गठन गरेर चलिरहेको थियो । बुढाकै अध्यक्षतामा रहेको संगीत उत्पादक समाज नेपाल नै नाम गरेको संस्थाको नविकरण गर्ने म्याद गुज्रेपछि संस्था खारेजी भएको थियो । पुनः संगीत उत्पादक समाज नाम दिएर पदम बुढाकै अध्यक्षतामा नयाँ संस्था दर्ता भएपछि पहिलो साधारणसभा शुक्रबार हुने भएको हो । संस्थाको हकअधिकारका पक्षमा वकालत गर्ने संगीत व्यवसायको सुनिश्चितताको लागि लड्ने प्रद्धिबद्धताका साथ रेग्मीले आफ्नो प्यानलको उम्मेदवारी दिइसकेका छन् भने अहिलेसम्म अन्य प्यानलले उम्मेदवारी दिएका छैनन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु