• उपेन्द्र र सलोनी बने कान्तिपुर आइडल

    म्यूजिक खबर
    प्रकाशित: ७ चैत्र २०७४, बुधबार

    ७ चैत, काठमाडौं । कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टरटेन्टमेन्ट प्रा. लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीता उनीहरुले उपाधि चुमेका हुन् ।


    गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल र नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।

    चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको यस कार्यक्रममा विजेतालाई विभिन्न उपाहारका साथै गिफ्ट ह्यापर प्रदान गरिएको थियो । उनिहरुले बिभिन्न अवसर र पुरस्कार एकसाथ पाएका छन् ।


    युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु