• ऋतुका फूलहरुसँगै उदाउँदै ऋतु

    म्यूजिक खबर
    प्रकाशित: ४ जेष्ठ २०७१, आईतवार

    काठमाडौं, ४ जेठ । गायिका ऋतु कँडेल यतिखेर आफ्नो पहिलो सोलो एल्बम ‘ऋतुका फूलहरु’सँगै संगीत क्षेत्रमा उदाएकी छिन् । मुलुकका विभिन्न भागका कन्सर्टहरुमा आफ्नो प्रस्तुति दिँदै आएकी ऋतुले गायनकै निरन्तरतामा ऋतुका फूलहरु लिएर आएकी हुन् । गत हप्ता मात्र राजधानीमा ऋतुका फूलहरुलाई वरिष्ठ गायिका कोमल वलीको हातबाट विमोचन गराएपछि ऋतुले आफ्नो गायनको पहिचानलाई अझ मजबुत बनाउने उद्देश्यका साथ सोलो एल्बम लिएर आएको बताएकी छिन् ।
    ऋतुलका फूलहरु एल्बममा माया भन्ने यस्तै रैछ…, जवानी आयो रे…, आऊ न आऊ…, मेरो मनमा तिम्रो बाहेक…, एकोहोरो टोलाइरहन्छु…ऋतुका फूलहरु… जस्ता गीत छन् । पप र आधुनिक फ्लेभरका यी गीतहरु समेटिएको उक्त एल्बममा कालीप्रसाद बासकोटा, डा. कृष्णहरि बराल, दीपक सिलवाल, बिजु बज्र, पवित्रा, वीरेन्द्र राई र राज क्षितिजले शब्द लेखेका छुन् । जसमा कालीप्रसाद बास्कोटा, गैरे सुरेश, थानेश्वर गौतम, राजलगायतले संगीत दिएका छन् ।

    ritu_bimochan_20140514102701 ritu kandel

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु