एउटा नयाँ आशा लिएर आए कर्ण दाश (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ मंसिर २०७३, बुधबार

काठमाण्डौ, १५ मङ्सिर । पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत दुई दशकदेखि सक्रिय कर्णदास २०५३ मा पहिलो पटक “जिन्दगीको के भरोसा” गीत मार्फत उदाएका गायक हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो मर्दना स्वर शैलीमा १२ सय गीत गाइसकेका कर्ण दासले उत्कृष्ट गीत, उत्कृष्ट आवाज र उत्कृष्ट व्याण्डका लागि थुप्रै अवार्ड र पुरस्कार समेत पाइसकेका छन् ।राम्रो पियानो बजाउने कर्ण दास १० वर्ष अमेरिका बसेर आमाको मायाले घरदेश फर्किएका उनले यतिबेला एउटा नयाँ आशा सहित सांगीतिक यात्रा गरेका छन् । गायक कर्ण दासले आफ्नो सांगितिक यात्राको दश बर्षको अन्तरालमा एल्बम “एउटा नयाँ आशा” दर्शक तथा श्रोतालाई पस्केका छन् ।

“एउटा नयाँ आशा” लिएर सार्वजनिक भएका लोकप्रिय व्याण्ड मध्यान्हका प्रमुख गायक कर्ण दासका मध्यान्ह भाग १, २, ३, व्यर्थै फेरि, पुरानो डुंगा, आधा सपना, प्रित, दाख जस्ता एल्वमहरु सार्वजनिक गरिसकेका गायक दाशको “एउटा नयाँ आशा” मा १२ वटा गीतहरु समावेश छन् । म्यूजिक नेपालको प्रस्तुतिमा सार्वजनिक भएको उक्त एल्बममा समावेश १२ वटा गीतहरु मध्ये एस.टु.प्रोडक्शनले निमार्ण गरेको “हाम्रो नेपाल” शिर्षकको राष्ट्र प्रेमी गीतको भिडियो युट्युब र टेलिभिजन मार्फत सार्बजनिक गरिएको छ ।karna-das-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3-%e0%a4%a6%e0%a4%be%e0%a4%b8

नेपाल प्राकृतिक शुन्दरताले भरिपूर्ण देश हो, यहाँका बिभिन्न क्षेत्रका शुन्दर दृश्यहरुलाई कलात्मक तरिकाले भिडियोमा समावेश गरिएको छ । बिशेष गरि पोखरा र आसपासका क्षेत्र, निर्मलपोखरी कास्की, पुर्वको दमक, पर्वतको चित्रे र कुश्मा लगाएतका ठाँउहरुमा छायाँङ्कन गरिएको गायक कर्ण दासले जानकारी गराए । राष्ट्र प्रेमी गीत भएकोले बिभिन्न शुन्दर ठाउहरुलाई गीतको माध्यमबाट समावेस गरिएकोले आफुले निर्माण गरेको भिडियो मध्ये फरक र उत्कृष्ठ बनेको उक्त भिडियोका निर्देशक सुरज श्रेष्ठले दाबी गरे । छायाँङ्कन, सम्पादन र निर्देशन चर्चित फाटोग्राफर एवं सिनेमाटोग्राफर सुरज श्रेष्ठले नै गरेका हुन् ।

“हाम्रो नेपाल”को भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु