• एकल साँझलाई राम डाँगीद्वारा सहयोग

    म्यूजिक खबर
    प्रकाशित: २७ पुष २०७०, शनिबार

    काठमाडौं, २७ पुस । चेपाङ बालबालिकाको सहयोगार्थ गरिन लागिएको विरही कार्की एकल साँझका लागि प्रवासमा रहेर नेपालीहरुको हक अधिकारका लागि लडिरहेका राम डाँगीद्वारा सहयोग प्राप्त भएको छ । प्रवास नेपाली जनकल्याण समितिका रजिष्ट्रड अध्यक्षसमेत रहेका राम डाँगी विदेशमा रहेर नेपालीहरुकै अधिकारका पक्षमा लडिरहेका समाजसेवी हुन् । प्रवासमा रहेका नेपालीहरुलाई गोलबद्ध गरेर भाइचाराको काम गरिरहेको प्रवास नेपाली जनकल्याण समितिद्वारा नेपाली चेलीबेटी बेचबिखनविरुद्धको अभियान पनि चलाइरहेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म समितिका अध्यक्ष राम डाँगीको सक्रियतामा जनचेतनामूलक कार्यक्रमहरु भइरहेका छन् । रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीहरुलाई गोलबद्ध गरी सामाजिक कार्यमा तल्लिन रहेको यस जनकल्याण समितिले चेतनामूलक कार्यक्रम, गोष्ठी र सेमिनार गरिरहेको छ ।
    यही समाजसेवाको कार्यलाई निरन्तरता दिने क्रममा समितिका अध्यक्ष राम डाँगीद्वारा विरही कार्की एकल साँझका माध्यमले चेपाङ जातिको आर्थिक, शैक्षिकस्तरलाई सहयोग पु¥याउने उद्देश्यका साथ सहयोग उपलब्ध भएको छ । भारतमा रहेर विशुद्ध समाजसेवा गरिरहेको यस जनकल्याण समिति नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील जेष्ठ संगठन पनि हो । गायक विरही कार्कीद्वारा समाजसेवाका लागि गरिन लागिएको चेपाङ बालबालिकाको सहयोगार्थ विरही कार्की एकल साँझका माध्यमले समाजसेवाको कार्यलाई दिएको निरन्तरतामा समितिका अध्यक्ष डाँगीद्वारा सहयोग प्राप्त भएको छ ।
    सुनखानी म्यूजिकको आयोजनामा आगामी फागुन २९ गते गरिन लागिएको यस विरही कार्की एकल साँझलाई भारतमै रही समाजसेवामा सक्रिय रहेका विष्णु प्रसाद बराल र लक्ष्मी बरालबाट पनि सहियोग उपलब्ध भइसकेको छ । अल इन्डिया फेडरेशन, बीबीआरएल कन्स्ट्रक्सन र एसपी मेमोरियल शिक्षा निकेतनका माध्यमबाट विष्णु प्रसाद बराल र लक्ष्मीबरालले मुख्य प्रायोजकका रुपमा विरही कार्की एकल साँझलाई सहयोग उपलब्ध गराई समाजसेवामा सक्रिय भएका छन् । त्यस्तै हङकङमा रही www.asiankhabar.com संचालन गरिरहेका झरना कुमार थापाले सहप्रायोजकको रुपमा एकल साँझका लागि सहयोग गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु