
पौष ३०, काठमाडौं । एनसेल प्रा.लि.ले ललितपुरको जाउलाखेलमा आयोजना गरेको ‘एनसेल मेला २०७४’मा चर्चित गायक शिव परियारले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् । मेलाको मुख्य आकर्षण रहेका कलाकार शिव परियारले आफ्नो अत्याधिक मन पराइएका गीतहरु पिलायो साथीले, क्या दामी भो, अल्लारे, माया देउ ,संगी डुब्दैछु तिम्रो यादमा ,बर्षौं भो छोडेको प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।
मेलामा इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
ललितपुरको प्रस्तुति लगतै उनी यतिबेला सांगीतिक प्रस्तुतिको लागि उनी भारत पुगेका छन् । भारतको सिलीगुडी, सिक्कीम र जोरथाङ लगायतका ठाउँहरुमा उनले प्रस्तुति दिनेछन् ।