विगत सात वर्षदेखी नियमित रुपमा आयोजना हुँदै आएको एलजी ’डि‘ सिने अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । यसै वर्षदेखी नेपालकै उच्च औधोगीक संस्था सिजी सँग सहकार्य गर्दैडि सिने अवार्डबाट एलजी डी सिने अवार्ड ०७२ भएको यो अवार्ड मंसीरमा आयोजना गरीने आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले वताएका छन् ।
खासगरी प्रविधिको उच्चतम मापदण्डलाई प्रोत्साहीत गर्दै डिजीटल फम्र्याटमा बनेका चलचित्रहरुको प्रवद्र्धनमा शुरु भएको यो अवार्ड सातौं संस्करण सम्म आइपुग्दा नेपाली चलचित्र उद्योग केही अघिनै देखी पूर्णत डिजीटल भइसकेको छ । प्रविधि एवं स्रष्टाहरुलाई प्रोत्साहित गरी राम्रा भन्दा राम्रा चलचित्र बनुन र चलचित्र उद्योगको प्रवद्र्धन, सम्बर्धन एवं विकासमा टेवा पुग्न सक्यो भने अवार्डको सार्थकता समेत झल्कने विश्वास आयोजक पक्षले लिएको छ ।
०७१ सालभरी प्रदर्शनमा आएका चलचित्रहरु प्रतिस्पर्धा गर्न पाइने यो अवार्डमा प्रतक्ष्य तथा अप्रतक्ष्यगरी करीव ३५ विधामा अवार्ड प्रदान गरीने छ । साथै सो अवसरमा चलचित्र पत्रकारीता पुरस्कार, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड लगायतका सम्मान सहितका पुरस्कार एवं सम्मानहरु हुनेछन् । कार्यक्रममा क्रिटिक्स अवार्डको रुपमा उत्कृष्ट अभिनेत्री, उत्कृष्ट अभिनेता एवं उत्कृष्ट चलचित्रलाई पनि अवार्ड प्रदान गरीनेछ ।
एलजी डी सिने अवार्ड ०७२ मा २०७१ सालभरी प्रदर्शनमा आएका ८२ चलचित्र मध्ये अधिकांश चलचित्रले भाग लिएको बताइएको छ । पछिल्लो चरणमा अवार्डको संख्या बढ्दै जानु र विभिन्न विवादहरु थपिदै जानु जस्ता समस्याबाट बचेर सकेसम्म चलचित्रकर्मीलाई स्वच्छ किसिमले निश्पक्ष रुपमा अवार्ड आयोजना गर्न लागेको अवार्डका अध्यक्ष शान्तिप्रियले बताए । विभिन्न अवार्डहरु मध्ये प्रतिष्ठित तथा विवाद कम हुने गरेको डी सिने अवार्डमा मुख्य गुदी कुरा भनेको निर्णय नै हुने भएकोले यसतर्फ सचेत रहेको आयोजकले बताएका छन् ।
एलजि डी सिने अवार्ड ०७२ मा प्रसिद्ध लेखक तथा निर्देशक मोहन निरौला, वरीष्ठ संचारकर्मी एवं निर्देशक विजयरत्न तुलाधर, आधुनिक संगीतका चर्चित एवं प्रतिष्ठित संगीतकार सन्तोष श्रेष्ठ, नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखिया जुरीका रुपमा रहेका छन् ।
कार्यक्रमको मिति भने वर्तमान विषम परिस्थितिका कारण तोकीएको छैन । अवार्ड देशको परिस्थिति सहज हुँदै गएपछि मंसीरको छेको पारेर आयोजना मिति तोकीने छायाँछविले जानकारी गराएको छ । अवार्डमा विगतको वर्षहरु भन्दा बढी भव्यता दीन सांस्कृतिक कार्यक्रम सहित विभिन्न राम्रा प्रस्तुतिका साथ कार्यक्रम आयोजना गरीने आयोजकले जानकारी गराएकाछन् । कार्यक्रमको एसोसिएट मिडीयाको रुपमा हिमालयन टेलिभिजन, थाहा सञ्चार एफ.एम र फिल्मीखबर साप्ताहिक रहेका छन् ।
एलजी डी सिने अवार्ड ०७२ को उत्कृष्ट ५ मनोनयन यस प्रकार रहेका छन् ।