कार्यक्रम व्यवस्थापन संघको तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन, नेतृत्वमा राजेन्द्र लुइँटेल

म्यूजिक खबर
प्रकाशित: २२ असार २०८२, आईतवार १९:३०

काठमाडौं । कार्यक्रम व्यवस्थापन सङ्घको केन्द्रीय अध्यक्षमा राजेन्द्र लुईंटेल (राज) चुनिएका छन् । सङ्घको तेस्रो महाधिवेशन एवं चुनावीसभा २०८२ बाट उनी अध्यक्ष चुनिएका हुन् ।

साधारण सभाले लुईंटेलको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति पनि चयन गरेको छ । जसको उपाध्यक्षमा तृष्णा गुरुङ, समीर लामा, महासचिवमा सोनीतराज ढुङ्गेल, सचिवमा विपिन पोखरेल, कोषाध्यक्षमा मनोज थापा छानिएका छन् ।

त्यसैगरी सहसचिवमा भागिरथकुमार पोखरेल, सह कोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरूमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहुल बन्जाडे, पूजा रेग्मी र लोमस कार्की छानिएका छन् ।

सङ्घका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम कोइराला, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको निर्वाचित नयाँ पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान गरिन् ।

देशभरका १२० भन्दा बढी इभेन्ट आयोजक तथा कम्पनीहरूको सहभागिता रहेको सोही महाधिवेशनले वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा टिचिङ अस्पतालका प्राध्यापक एवं लायन्स क्लबका पूर्व गभर्नर डा.सुशीला मल्ललाई सल्लाहकारको रूपमा चयन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु