• ओमको हिन्दी गीत ‘सपने मैने’

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०७४, आईतवार

    ७ माघ, काठमाडौं । गायक तथा संगीतकार ओम सुनारले हिन्दी गीत गएका छन् । चलचित्र ‘बाबु कान्छा’को लागि ‘कर्णविर’ चलचित्रमा समावेश गीत ‘चन्द्रमा झै राम्री’ को रिमिक्स भर्सन गएर चर्चामा आएका सुनारले अहिले भने हिन्दी गीत गाएका छन् । आफ्नै स्वर, शब्द र संगीतमा उनले हिन्दी गीत गाएर
    बजारमा ल्याएका हुन् । पछिल्लो समय उनले संगीत दिएको ‘नेप्टे’को सुपारी काचो, चलचित्र झमक बहादुर, नमस्ते नेपाल जस्ता थुप्रै चलचित्रमा संगीत र स्वर दिसकेका छन्। उनले संगीत र स्वर दिएको करिब एक दर्जन चलचित्रको गीतहरु रिलिजको तयारीमा रहेको छ ।

    यिनले नै गाएको हिन्दी गीत सपने जो मैनेको म्यूजिक भिडियोसमेत निर्माण गरिएको छ । निकै रोमान्टिक यस गीतमा चन्दु तम्राकार र सुष्मिता तिरुवालाई फ़िचरिङ गरिएको छ। यस गीतको भिडियोलाई भोमन कटवालले निर्देशक गरेका हुन् । पवन गौतमको छायांकन रहेको गीतको भिडियोलाई विवेकले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु