• कन्हैयालाई सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १० असार २०७१, मंगलवार

    बाँके, १० असार । गायक कन्हैया सिंहलाई बाँकेमा रहेको सिटी सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ मा सर्वोत्कृष्ट गायकको अवार्ड पाएका गायक कन्हैया सिंहलाई आफ्नो जन्मथलो नेपालगन्ज पुगेको अवसरमा उक्त सहकारी संस्थाले सम्मान कार्यक्रमको आयोजना गरेको हो । सहकारी संस्थाका अध्यक्ष प्रदीप सिंहले गायक कन्हैया सिंहलाई सम्मान पत्रका साथै नगद रु ५ हजार १ सय ५१ रुपैयाँ राशिसहित सम्मान गरेका थिए भने पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी र महासंघकै सदस्य झलक गैरेले गायक सिंहलाई खादा ओढाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रमपछि गायक सिंहले आफूले अवार्ड चुमेको गीत मुटुमा पीडा गाएर कार्यक्रममा सुनाएका थिए ।

    kanhaiya singh (4)

    kanhaiya singh (3)

    kanhaiya singh (2)

    kanhaiya singh (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु