• कमलेको बिहेमा माण्डवी र राजनराजको टाकान टुकुन, हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: ५ जेष्ठ २०७४, शुक्रबार

    जेठ ५, काठमाडौ । फिल्म ‘कमलेको बिहे’को ‘टाकन टुकन’ बोलको गीत सर्वजनिक गरिएको छ । लोकलयमा निर्माण भएको उक्त गीतमा राजनराज सिवाकोटी र मण्डवी त्रिपाठीको स्वर रहेको छ । गीतमा राजनराज सिवाकोटीले संगीत भरेका छन् । गीतको भिडियोमा दीपकमान सिंहले नृत्य निर्देशन गरेका छन् ।

    Kamaleko bihe
    म्युजिक भिडियो निर्देशनमा आफ्नो छुट्टै छाप छोड्न सफल निर्देशक प्रसन्न पौडेलको निर्देशनमा तयार भएको àकमलेको बिहे’मा अनुप विक्रम शाही र सन्ध्या केसीको अभिनय रहेको छ । फिल्म एरेन्ज म्यारिज र लभ म्यारिज बिचको कन्फिल्क्ट हो । यस फिल्ममा अनुपले ‘कमले र सन्ध्याले चमेलीको भूमिकामा निर्वाह गरेका छन् । कमलेले पहिला–पहिला जस्तो आफ्नो घरबाट रोजेको केटीलाई विवाह गर्छ कि आफुले रोजेकोलाई बिवाह गर्छ भन्ने कुरा नै मुख्य विषयबस्तु हो ।

    सरिता लामा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता दीपक बिस्ट हुन् । विदुर पाण्डेले खिचेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । फिल्ममा अनुप र सन्ध्याको अलवा विनोद न्यौपाने, इशान ढकाल, दीपक पहाडी, रेशु तमाङ, किरण लाकोउल लगायतको अभिनय रहेको छ ।

    ‘टाकन टुकन’ हेर्नुहोस्  भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु