• कलाकारको जमघटमा नवीनले भने: मन पर्ने साली निशा

    म्यूजिक खबर
    प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

    अमेरिका । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको कलाकार भेटभाट एवं चियापान समारोहमा गायक नवीन ढुंगेलले आफ्नो मन पर्ने सालीका रुपमा निशा सुनार भएको बताए । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा भएको उक्त कार्यक्रमको अवसरमा ढुंगेलले आफ्नो चर्चित गीत मन पर्ने एउटा साली छ गाउँदै गायिका सुनार केन्द्रित गरेपछि निशाले पनि राम्रो उत्तरका साथमा ढुंगेलको गीतको जवाफ दिएपछि दर्शकदीर्घामा तालीले वाहीवाही मिलेको थियो । उमेरले ५० कटेका गायक ढुंगेल र गायिका सुनारको दोहोरी सुनेपछि ढुंगेलका छोरा गायक अभय ढुंगेल लाजले रातोपिरो भएका थिए ।

    sunita dulal
    उक्त भेटेघाट कार्यक्रममा सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका सुनिता दुलाल, गायक हिमाल सागर, वरिष्ठ गायक नवीन ढुंगेल, निर्देशक प्रसन्न पौडेल, गायिका मन्जु थापालाई संघका तर्फबाट कार्यवाहक अध्यक्ष गायक कन्हैया सिंह, संरक्षक याम बराल, चलचित्र अभिनेत्री सुवर्ण क्षेत्रीले खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा नेपाली अभेरिकन कलाकार संघको वेभसाइट www.usnepaliartist.com लाई लोकगायक नवीन ढुंगेलले औपचारिक रुपमा संचालन गरेका थिए ।

    yam baral
    कार्यक्रममा संस्थाका उपाध्यक्ष नायक विक्रान्त बस्नेतले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको संचालन संघका महासचिव गायक सुमन बुढामगरले गरेका थिए । कार्यक्रममा गायक नरेन्द्र प्यासी, गायिका अन्जना गुरुङ, गायक जगदीश समाल, नायिका रन्जना शर्मा, गायक विमल डाँगी, पप गायक राम श्रेष्ठ, एरेन्जर विमल बुढाथोकी, गुरुङ चलचित्रकी नायिका मिरा गुरुङ,  मोडल डेजी शेर्पालगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।

    ranjana bhattarai


    nepali american artist

    kanhaiya singh

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु