• कलाकारलाई नागरिक समाजको सम्मान

    म्यूजिक खबर
    प्रकाशित: १३ फाल्गुन २०७०, मंगलवार

    काठमाडौं, १३ फागुन । सामाजिक जागरणका लागि नागरिक समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यवसायमा आबद्ध तथा कलाकारहरुलाई सम्मान गरेको छ । गत शनिबार होटल हार्दिक बागबजारमा एक कार्यक्रमको आयोजना गरी गायक बमबहादुर कार्की, शिवा आले, शिव हमाल, कुलेन्द्र विक, साहित्यकार नविना श्रेष्ठलगायत अन्य व्यक्ति व्यक्तित्वलाई सम्मान गरिएको हो । सामाजिक समाजद्वारा एक वर्षभित्र संविधान निर्माणमा नागरिकले पनि विशेष चासो दिनुपर्ने तथा जनचेतनाको लागि कलाकारलाई सम्मान गर्नु देशको लागि गौरवको कुरा प्रमुख अतिथि टेकु नेपालीले बताइन् । कार्यक्रममा सामाजिक जागरणका लागि नागरिकसमाजका अध्यक्ष यामबहादुर जिसीले कार्यक्रमका औचित्यमाथि प्रकाश पारेका थिए भने गायिका दिव्या भण्डारी, बमबहादुर कार्की, शिव हमाल, कुलेन्द्र विक, शिवा आलेले गीत प्रस्तुत गरेका थिए भने कार्यक्रममा सप्तगण्डकी बोर्डिङ स्कुलका विद्यार्थी आकर्षक नृत्यसमेत प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि एमाले सभासद टेकु नेपाली, माधव उप्रेती, महेशजंग कुँवर, सामाजिक जागरणका लागि नागरिक समाजका महासचिव अरुणनाथ श्रेष्ठ लगायत अन्य व्यक्ति व्यक्तित्वले संविधानसभा समयमै हुनुपर्ने कुरामा विशेष जोड दिए ।

    3 1 4

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु