• कलाकार तथा पत्रकारलाई ‘व्यक्ति विषेश सम्मान-२०७४’

    म्यूजिक खबर
    प्रकाशित: २ असार २०७४, शुक्रबार

    IMG_0006

    असार २, काठमाडौं । राई दनुवार उत्थान सेवा समाजको आयोजनामा गायक सुर्य “कमल” राईको ३३ औं जन्म उत्साहको अवसरमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन” अमर” प्रमुख रहेको विशेष अथिती कलाकार/ निर्माता सुनिल कटुवाल, पत्रकार कृष्ण भट्टराई,, नवराज वाग्ले आदिको आथित्यमा व्यक्ति विशेष सम्मान- २०७४ प्रदान गरिएको छ ।

    IMG_0021

    विभिन्न क्षेत्रमा लागेका व्यक्ति, पत्रकार, कलाकार, साहित्यकारहरूलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा पत्रकारहरू कृष्ण भट्टराई, नवराज वाग्ले, दिपक श्रेष्ठ, सविता पोखरेल, राधिका अधिकारी, सर्मिला गुरुङ, मोहन राई परदेशी, पाशाङ्ग तामाङ्ग, बिनोद श्रेष्ठ, विवेक कार्की, आकाश खड्का, बुद्धि विश्वकर्मा, रिदेन महर्जन, लाइक नेपाल, विष्णु बिवेक लगाएत सम्मानित हुनु भएको थियोे ।

    IMG_0024

    कलाकार निर्माता सुनिल कटुवाल, सुरज गराज, दिनेश जंग खड्का, ( चलचित्र निर्देशक/ कलाकार ) रोशन श्रेष्ठ, सुरेश थापा” दर्शने” रामेश्वर कार्की, अदिती श्रेष्ठ, आयुषी श्रेष्ठ, लगायत सम्मानित हुनुभएको छ ।

    IMG_0010

     

    सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अथिती सुरेन्द्र महर्जन”अमर” ले सबैलाई व्यक्ति विशेष सम्मान गर्नु भएको थियो भने सोही कार्यक्रममा प्रमुख अथिती सुरेन्द्र महर्जन”अमर” लाई अखिल नेपाल ट्रेड युनियनका अध्यक्ष सन्तोष तामाङले “व्यक्ति विशेष सम्मान-२०७४” प्रदान गर्नु भएको थियोे ।

     

    सो कार्यक्रममा गायक सुर्य राई” कमल” को चाट एल्बम बिक्रीबाट उठेको रकम १००७५/-(दस हजार पचहत्तर रुपैया) सगरमाथा बालगृहलाई प्रदान गरियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु