• कलाकार संघका अध्यक्ष शेर्पाद्वारा आफ्नो कार्यकाल सफल भएको दाबी

    म्यूजिक खबर
    प्रकाशित: ५ मंसिर २०७२, शनिबार

    सरोज केसी/न्यूयोर्क


    गायक गम्बु शेर्पाले आफ्नो कार्याकालमा भएका उत्कृष्ट कार्यहरु सार्वजनिक गर्दै नेपाल अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाबाट विदा लिएका छन् । संघ स्थापनाको पहिलो बर्षमा नै महत्वपूर्ण कार्यहरु गरेको विवरण सावर्जनिक गर्दै संघबाट विदा लिएका हुन । कलाकारितासँगै अमेरिकामा व्यवसाय गर्दै आएका गम्बुले आफ्ना कार्याकालमा गरेका १० महत्वपूर्ण कामहरु विज्ञप्ति मार्फत सार्वजनिक गरे । लामो विज्ञप्तिमार्फत उनले ‘नेपाली, भाषा, संस्कृतीलाई मनमा राखेर माया गर्नेहरुप्रति आभार समेत व्यक्त गरेको गर्दछु’ भनेको छ । संघर्षपूर्ण वाल्यकालबाट अमेरिका पुगेर सफल कलाकार बनेका गम्बुले एक बर्षअघि अमेरिकामा कलाकार संघ गठन गरेका थिए । संघमार्फत विभिन्न कार्यक्रमहरु गर्दै उनले भूकम्प पीडितलाई समेत मनग्य आर्थिक सहयोग गरे । उनको कार्यकालमा अमेरिकामा ‘डिजे व्याटल’, वेवसाइट निर्माण,  संस्थालाई कानूनी मान्यता प्रदान गर्ने, कलाकार तारा थापा, सुकु गुरुङ उपचारमा सहयोग, भूकम्प पीडितलाई सहयोग लगायतका कार्यक्रमहरु भए । आफ्नो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार व्यक्त गर्दै गम्बुले ‘नेपाली कला, भाषा र संस्कृतिलाई सधैंभरी मनमा राखेर माया गर्नुहुने सम्पूर्ण देशविदेशका आमदर्शक, श्रोता, शुभेच्छुक सबैमा हार्दिक अभिवादन’ भनेका छन् । विज्ञप्तिमा उनले ‘कला, भाषा र संस्कृतिलाई सदैव मन, मुटु र मष्तिश्कमा राखेर यसैको श्रीबृद्धिमा दत्तचित्त भई विगत एक बर्षबाट अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संगठनको रुपमा स्थापित नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाको नेतृत्व गर्ने जुन अहोभाग्य पाएँ यसका लागि मेरा अग्रज एवं आदरणीय कलाकार, समाजका अगुवा एवं सम्पूर्ण कलाकार साथीहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

    gambu

    अमेरिकामा कलाकारहरुलाई संगठित बनाउन विगत एक दशक भन्दा बढि समयदेखि न्युयोर्क कला मञ्चको स्थापना गरी सामुहिक रुपमा नेपाली कला र संस्कृतिलाई संस्थागत रुपमा अभियानकै रुपमा पहलकदमी अघि बढाएकोमा रामराजा छेत्री र सुवर्ण छेत्रीप्रति सम्पूर्ण कलाकार सदैव कृतज्ञ रहेको छु विज्ञप्तिमा भनिएको छ । अभिनेत्री गौरी मल्ललाई सर्वप्रियको उपमा दिँदै उनले आफू लगायत अमेरिकाबासी कलाकार आभारी भएको बताए । ‘वहाँकै नेतृत्वमा रहेको तात्कालिन युनाईटेड नेप्लिज आर्टिष्ट एसोसियसन (युना) लाई अझ प्रक्रिया संगत अघि बढाई हाल नेपाली अमेरिकन कलाकार संघ, उत्तर अमेरिकाको नाममा रुपान्तरित भएको समेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    सन् २०१४ नोभेम्बर ७ तारिखको दिन अमेरिकाको न्यूयोर्कमा अमेरिकामा रहेका नेपाली कलाकारहरुको ठूलो उपस्थिती र अभिनेत्री मल्ल लगायतको सहयोग, अनुरोध र सद्भावले नेपाली अमेरिकन कलाकार संघको नेतृत्व गर्ने जुन अवसर आफूले पाएको उल्लेख गर्दै गायक गम्बुले आफ्नो नेतृत्वमा संस्थागत रुपमा भए गरेका उपलब्धी र कार्यक्रमहरुले आगामी दिनमा संघको भविष्य समेत उज्ज्वल रहेको बताए । अंग्रेजी नयाँ बर्षको अवसरमा संस्थाले शुभकामना आदान प्रदानसहित “डिजे व्याटल” कार्यक्रमको आयोजना गरिएको थियो भने सोहि दिन नेपाली चलचित्र क्षेत्रकी बरिष्ठ अभिनेत्री बसुन्धरा भूसालबाट संस्थाको आधिकारिक वेवसाईको उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, संस्था स्थापनासँगै संस्थागतहित र विकासको लागि कागजी रुपमा पूर्ण प्रक्रियागत ढंगले अघि बढाउने हेतुले मुनाफा रहित संस्थाको रुपमा दर्ता गराई ५०१ (सी) सेक्सन (बी) अन्तर्गतको प्रमाणपत्र संस्थाले सन् २०१५ अप्रिल २१ तारिखको दिन लिन सफल भएको जानकारी दिए । उनले सन् २०१५ मार्च ८ मा चर्चित गायिका तारा थापा र गायक÷संगीतकार सुक गुरुङ्गको उपचारार्थ न्यूयोर्कमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको जनाए । त्यस्तै, बिभिन्न नेपाली संघ–संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा सम्पन्न कार्यक्रमबाट उठेको सहयोग रकममध्येबाट स्तन क्यान्सर पीडित गायिका  थापालाई २ लाख ३८ हजार रुपैया र मृगौला पीडित गायक÷संगीतकार गुरुङ्गलाई ३ लाख ५० हजार रुपैया हस्तान्तरण गरिएको विज्ञप्ति मार्फत जानकारी दिए । उक्त रकम सन् २०१५ मार्च २२ मा अभिनेत्री गौरी मल्लको अध्यक्षता र सञ्चारकर्मी सरोज केसीको संयोजकत्वमा सम्पन्न भएको उनले बताए ।

    नेपालमा वैशाख १२ मा गएको विनासकारी महाभुकम्पबाट पीडितहरुको सहयोगार्थ संस्थाका आयोजनामा न्यूयोर्क लगायतका बिभिन्न राज्यबाट सहयोग रकम संकलन गरी गोरखा, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, काठमाडौका भुकम्प पीडितहरुलाई सात लाख भन्दा बढिको नगद÷जिन्सी सामाग्री वितरण गरिएको जानकारी दिए । उनले महाभुकम्पमा परेर ज्यान गुमाएका किबोर्डीस्ट विनयदेव पाण्डेको परिवार र लोकगायक बुद्धिकृष्ण लामिछानेलाई जनही एक–एक लाख रुपैया र मृगौला पीडित कलाकार प्रदीप सिंहलाई ५० हजार रुपैया प्रदान गरिएको जानकारी दिए । यसैगरी भुकम्प पीडत हाँस्य कलाकारद्धय राजु भुजेल र दीपेन शाहलाई जनही २५–२५ हजार रुपैया सहयोग रकम प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । क्यान्सरपीडित गीतकार प्रेमप्रकास मल्लको उपचारर्थ ८० हजार रुपैया प्रदान गरिएको जानकारी दिँदै मल्लको उपाचारकै क्रममा निधन भएको भन्दै दुःख व्यक्त गरे । संघको आयोजनामा अमेरिका भ्रमणमा रहेका बिभिन्न क्षेत्रका कलाकारहरुलाई स्वागत सम्मान गर्दै मौलिक कला, भाषा र संस्कृतिको संरक्षण र अनुभव आदान–प्रदान गर्ने कार्यहरु नियमित रुपमा गर्दै आएको जनाए । पहिलो पटक सम्पूर्ण सदस्यहरुलाई आधुनिक परिचय–पत्र जारी गरिएको जनाउँदै परिचय–पत्र अमेरिका भ्रमणमा रहेका कलाकारहरुलाई समेत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

    gambu_sherpa_saroj

    संस्थाले बिभिन्न चाडपर्व र बिशेष तिथीहरुमा कार्यक्रमको आयोजना गरि अमेरिकामा नेपाली कलाकारहरुको संस्थाको अलग्गै उपस्थिती जनाउँदै आएको र उत्तर अमेरिकामा छरिएर रहेका कलाकारहरुलाई संस्थामा आवद्ध गराउँदै अघि बढेको जानकारी दिए । हालसम्ममा संस्थामा सय भन्दा बढि कलाकारहरुले सदस्यता लिईसकेको उल्लेख छ । आफ्नो नियमित क्रियाकलापसँगै विधान अनुसार नोभेम्बर ८ मा पहिलो साधारणसभाको अवसर पारेर १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरी आफूले पदभार हस्तान्तरण गरेको शेर्पाले जानकारी दिए । आफू पद मुक्त भएसँगै नोभेम्बर १६ मा संस्थागत रुपमा सम्पूर्ण नगद, जिन्सी सामाग्री नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको उनले विज्ञप्ति मार्फत जानकारी दिए । निवर्तमान अध्यक्ष शेर्पाले नयाँ कार्यसमितिको सफलताको कामना समेत गरेको छ । आफ्नो कार्यकालमा गरेका सुकर्महरुको समचारलाई प्रथामिकताका साथ प्रकाशन, प्रसारण गरी जनसमक्ष पुर्याउन योगदान पुर्याउने पत्रकारहरुप्रति उनले आभार व्यक्त गरेका छन् ।

    ओखलढुंगाको खिजीफलाटेमा जन्मिएका गायक शेर्पाको हिमालयन शेर्पा साँस्कृतीक केन्द्रले गम्बु शेर्पा एकल साँझ समेत सम्पन्न गरेको छ । एकल साँझ मार्फत संकलित रकम हास्य कलाकार साम्दे शेर्पाको स्मृतीमा अक्षय कोष स्थापना गरेको छ । समाजसेवामा समेत उत्तिकै चासो राख्ने गायक शेर्पाले फुटक्लोथएजुकेशन फाउन्डेशन नामक संस्था स्थापना गरी सडक वालवालिकालाई गास, वास, कपास र शिक्षाको व्यवस्था समेत गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु