• कसलाई हेरेको ?

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७१, शुक्रबार

    काठमाडौं, १२ बैशाख । पत्रकारिताबाट पहिलोपटक निर्देशनमा प्रवेश गरेका निर्देशक दिपेन्द्र घिमिरे निर्देशन गर्न गएका रे मोडल अमृता गुरुङसँग पो रोमान्स गर्न पुगेछन् । मोडलभन्दा निर्देशक राम्रो देखेर होला अमृताको हेराइ पनि उनीतिर बांगिएको । मोडल र निर्देशक एकअर्कामा नजिकिन थालेपछि अरुको के काम ?
    कुरो गायक विमल जोशीको एल्बम सारिणीभित्रको दोस्रो म्यूजिक भिडियो सुटिङको हो । लामो समय पत्रकारितामा लागिरहेका दिपेन्द्र घिमिरेले निर्देशन गरेको म्यूजिक भिडियो तिमी आफैं टाढा भयौमा मोडलहरु अनुज महर्जन, अमृता गुरुङ, रक्की महर्जन प्रजिनाले अभिनय गरेको छन् । राजु सिंहको संगीतमा सुनिता जोशीको शब्द रहेको उक्त म्यूजिक भिडियोलाई नेपाल मेघा कलेज र नैकापको गहुँबारीमा छायाँकन गरिएको थियो । छायाँकार ज्ञानेन्द्र शर्माले खिचेको उक्त म्यूजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरिरहेका छन् । उक्त म्यूजिक भिडियोलाई आगामी बैशाख २० गतेबाट सार्वजनिक गरिन लागेको छ ।

    dipendra ghimire14 dipendra ghimire9 dipendra ghimire8 dipendra ghimire7 dipendra ghimire6 dipendra ghimire5 dipendra ghimire4 dipendra ghimire3 dipendra ghimire2 dipendra ghimire1 dipendra ghimire

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु