• कस्तो छ ‘मैले यो कम्मरै भाँचेको’ ?

    म्यूजिक खबर
    प्रकाशित: २६ असार २०७४, सोमबार

    असार २६, काठमाडौं । तिज लाग्नु एक महिना अगाडि नै राजधानी तिजमय बनेको छ । सामाजिक सञ्जाल, रेडियो, टेलिभिजन जताततै तिजका गीतहरु सुन्न र देख्न पाइन्छ । कसैले तिजलाई तिज बनाउने प्रयास गरेका छन्, कसैले रत्यौली भने कसैले कमेडी । तर तिजकै वास्तविकता बोकेका गीतहरु भने कमै रेकर्ड भएका छन् । गायिका माण्डवी त्रिपाठी भने तिजलाई तिज नै बनाउनुपर्छ भन्ने मान्यतामा छिन् ।

    poojana stree_mandavi
    यसपाली गतवर्षजस्तै तिज गीत ‘नाचेमत छमछमी’ बजारमा ल्याएकी छन् । गाउँघरकै परिवेशलाई मनका वेदनासँग तिजको वास्तविकता रमाइलोसँग मनाउने प्रयासमा छिन् गायिका त्रिपाठी । उनको दुईवटा तिज गीत रहेको तिज गीतिएल्बम ‘मैले यो कम्मरै भाँचेको’ आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरेकी छन् ।

    mandabi tripathi
    जसमा शब्द, संगीत र एरेन्ज बिपिन आचार्यको रहेको छ भने एम.बी.म्युजिक प्रा.ली.ले बजार ब्यबस्थापन गरेको छ । प्रदीप श्रेष्ठको नृत्य निर्देशनमा छायांकन भएका दुबै भिडियोहरु त्रिबेणी नेपाल फिल्मसले निर्माण गरेको हो । दुबै गीतमा चर्चित नायिका पुजना स्त्रीको अभिनय देख्न पाइन्छ भने शिर्ष गीतमा नायिका पुजनालाई मोडल तथा नृत्यांगना रुबिना अधिकारीले साथ दिएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु