• कस्तो माया गरेका हुन् क्षेत्रीले भिडियो हेर्नोस्

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७४, बिहीबार

    २५ माघ, काठमाडौं । गायक कमल के. क्षेत्रीको स्वरमा एउटा प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक क्षेत्रीले सफ्ट पप शैलीको ‘माया गर्छु…’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत सुन्न सकिन्छ । शैलेन्द्र एम प्रधान उक्त गीतका संगीत संयोजक हुन् ।

    नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको अभिनय छ । कुमुस पछिल्लो समय रंगमञ्चमा सक्रिय भएकी कलाकार हुन् । बिनय कंशाकार यो भिडियोका सम्पादक हुन् । भिडियोमा अंग्रेजी उपशीर्षक पनि समावेश गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु