• कस्तो रहेछ असिमको देशभक्ति – भिडियो हेरौं

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७२, मंगलवार

    पछिल्लो मुलुकमा नाकाबन्दी हुन थालेपछि धेरैको देशप्रतिको सद्भाव बढेको छ । धेरैजना राष्ट्रप्रेमी बनेका छन्, देशभक्ति बनेका छन् । चाहे राजनीतिमा होस् या जनस्तरमा, चोह गीतसंगीतमा हुन् या चलचित्रमा सबैले देशप्रतिको सद्भाव कायम गरिरहेका छन् । यसैक्रममा असिम मल्ललाई पनि देशप्रेम जागेको छ । तर उनी नाकाबन्दी विरुद्ध भने होइन देशको सेवा गर्ने नेपाली सेनाको जागिरलाई मुख्य बनाएर देशभक्ति देखाएका हुन् । तर उनको देशभक्ति विशाल नेपालको सीमानातिर बढी केन्द्रीत भएको देखिन्छ । साथीहरु विदेश गएर पैसा कमाए तर आफू भने देशको सेवा गरिरहेको छु भन्ने असीमको गीतको भाव रहेको छ ।

    gayatri thapa

    असिम मल्ल र पूर्णकला बिसीको स्वरमा रहेको गीत ‘हिमाल पारी छु’ लाई वसन्त लम्सालले लेखेका हुन् भने उनकै लय रहेको छ । शिवदर्शन डिजिटलबाट बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा रञ्जिता गुरुङ र विश्वास नेपालको अभिनय रहेको छ । स्मृति तिमिल्सिनाको निर्देशन रहेको यस म्यूजिक भिडियोलाई रामेश्वर हुमागाईंले खिचेका हुन् भने गायत्री थापा यसको कार्यकारी निर्माताका रुपमा रहेकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु