• कस्तो होला नाचघरको फरक पाइला

    म्यूजिक खबर
    प्रकाशित: २५ माघ २०७३, मंगलवार

    काठमाडौं, २५ माघ । ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा राजधानीमा एक फरक किसिमको सांगीतिक कार्यक्रम गर्दैछन् । ‘वेश्मा लाङ्योक’ अर्थात् ‘फरक पाइला’ नाम दिइएको सो कार्यक्रम यही २७ माघमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदैछ, जसका लागि सबै तयारी पूरा भएको आयोजक संस्था हिलिहाङ हाक्पारे पालम सयङले जनाएको छ । सोमबार रातोपुलस्थित रक हाउस क्याफेमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराएको हो ।

    farak paila_nachghar

    राष्ट्रिय नाचघर सह–आयोजक रहेको उक्त कार्यक्रममा संगीतकार तथा प्राज्ञ अशोक लोहरुङ राई संगीत संयोजनमा लिम्बू समुदायका चर्चित गायक÷गायिकाहरु प्रस्तुत हुँदैछन् भने दिनेश माङ्मुको नृत्य कोरियोग्राफीमा मोडल र नृत्य कलाकारहरु प्रस्तुत हुँदैछन् । कार्यक्रममा प्रस्तुत हुने गीतसंगीत तथा नृत्य विशुद्ध लिम्बू भाषामा हुने आयोजक संस्थाका अध्यक्ष प्रदीप योङहाङले बताए ।
    बरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपति बैरागी काइला प्रमुख आतिथ्यमा हुने यस कार्यक्रममा लिम्बु गीतसंगीतका धरोहर भगत सुब्बालाई अभिनन्दन गरिँदैछ भने संगीतकार अशोक लोहोरुङ राईलाई सम्मान गरिने भएको छ ।
    ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ लिम्बू भाषा, संस्कार सस्कृति संरक्षण तथा प्रबधन गर्ने उद्देश्यले स्थापित संस्था हा् । त्यसैले लिम्बू भाषा तथा कला र संस्कृतिको प्रवद्र्धन गर्न यो विशुद्ध सांगीतिक कार्यक्रम गर्ने तय भएको जनाइएको छ । लिम्बु समुदायको मौलिक चाड कक्फेक्वा तङ्नाम तथा येले तङबे ५०७७ कोे अवसर पारी आयोजना गर्न लागिएको यस ‘फरक पाइला’का लागि १० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।
    कार्यक्रममा दीपक लिम्बू, मनु नेम्बाङ, विष्णु चेम्जोङ, देशु सुहाङ, कुसल थलङ, मोहन मादेन, सञ्जय तुम्रोक, सुसन साम्सोङ, सुष्मा लिबाङ, जशोदा सुब्बा, सिता सिंगक, श्रेयाशी चेम्जोङ, सुनिता थेगिम, अमृता लिम्बू, निर्मल लिम्बू, सुरेश वनेम, निशा लिम्बू, विना थेगम लिम्बू, दीपा सुहाङ, रिना लिबाङ, तारा थेबेलगायतका नयाँ तथा पुराना गायक एवं गायिकाले लिम्बु भाषाका गीत प्रस्तुत गर्ने भएका छन् । उनीहरु अशोक लोहरुङ राईको म्युजिक संयोजनमा लाइभ म्युजिकमा प्रस्तुत हुने भएका छन् ।
    त्यस्तै, कार्यक्रममा निशा पोपु लिम्बू, रुपा आङबुहाङ, विना लिम्बू, सुक्मिता केरुङ लिम्बू, डिम्पल योङहाङ लिम्बू, लक्ष्मी योङहाङ, यमुना चेम्जोङ, रितु नेम्बाङ, रजिना आङदेम्बे, मेरिना चेम्जोङ, सिर्जना तबेबुङ, सलु फोम्बो, किरण रानामगर, विशाल सेनेहाङ, विवेक बेघा, अस्टिन तामाङ, शिवराज अङछोङबु, सागर खजुम, रेनुशा लिम्बूलगायतका मोडल तथा नृत्यकारले दमदार नृत्य प्रस्तुती दिने भएका छन् । कार्यक्रमलाई यासेली योङहाङ र विष्णुमाया सिंगकले सञ्चालन गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु