• काठमाडौंमा ‘अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव’

    म्यूजिक खबर
    प्रकाशित: १३ मंसिर २०७१, शनिबार

    काठमाडौं । नेपाली लोकबाजा संग्राहलयको आयोजनमा शुक्रबारदेखि तीन दिने ‘अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव’ सुरु भएको छ । सर्वनाम थियटरमा सुरु भएको ‘अन्तर्राष्ट्रिय लोकसंगीत फिल्म महोत्सव’ संग्राहलयको चौथो संस्करण हो । ‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ भन्ने मूल नारासहित भइरहेको यो महोत्सवको मुख्य उद्देश्य एकअर्काका लोकबाजाहरुको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नु रहेको आयोजक रामप्रसाद कँडेलले बताएका छन् ।

    महोत्सवमा २० देशका ४५ फिल्म देखाइनेछ । मारी इसोबेल क्लाउटर, बार्बरा ले गोनिदेक र प्रकाशजंग कार्की सम्मिलित छनोट समितिले फिल्म छानेको हो । सहभागी फिल्महरूमध्येबाट सर्बाेत्कृष्ट तथा उत्कृष्ट घोषित ६ फिल्मलाई अबार्ड प्रदान गरिने कँडेलले बताए । साथै लोकसंगीत अनुसन्धान कर्ता, संकलक तथा गायिका चन्द्रकला शाहलाई महोत्सवको अवसर पारेर लाइफटाइम अचिभमेन्ट अवार्डसमेत दिइन लागिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु