• ‘कालचक्र’ लिएर आए संग्रौला

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

    काठमाडौं । निर्देशक, कलाकार लय संग्रौलाले ‘कालचक्र’ उपन्यास लिएर आएका छन् । नेपाल टेलिभिजनमा लामो कार्यकाल विताएका र टेलिसम्राटको उपाधी पाएका कलाकार एवं गीतकार लय संग्रौलाले लेखेको उपन्यास ‘कालचर्क’ राजधानीमा एक कार्यक्रबीच विमोचन गरेका हुन् । उक्त उपन्यासलाई नेपाली कलाक्षेत्रका बरिष्ठ व्यक्तित्व ‘मह’जोडि मदनकृष्ण श्रेष्ठ र हरिवश आचार्यसँगै प्राडा. सुरेन्द्र केसी, साहित्यकार महेश प्रसाईं, डा. केदार न्यौपाने र पुष्यप्रसाद प्रसाईंंले संयुक्तरुपमा विमोचन गरेका छन् ।

    laya sangraula (3)
    विमोचन कार्यक्रममा प्राडा सुरेन्द्र केसीले लय संग्रौलालाई बधाई दिदै उनको यो उपन्यासमा आफुले पनि भूमिका लेखेको स्मरण गर्दै बजारमा आएका उपन्यासहरुमा ‘कालचर्क’ अब्बल रहेको बताए । त्यस्तै हरिवश आचर्यले कलाकारहरुले पनि लेखन सक्छन् भन्ने उदाहरण हामीले प्रस्तुत गर्न सक्नु पर्छ भन्दै मलाई पनि कतिले अहिले सम्म चिना हराएको मान्छे हरिवशले लेखेको होइन यसले अरुलाई लेख्न लगाएको भन्ने गरेको यदाकदा सुन्नेको बताए ।

    laya sangraula (2)

    उनले हामीले चलचित्र, टेलि चलचित्र, नाटका सम्वादहरु लेख्ने गरको भए पनि त्यसालाई साहित्य नमानिने गरेको तितो यथार्थ हामीसामु रहेको बताउँदै लयको उपन्यासले यो क्षेत्रमा अर्को तरग ल्याएको बताए । त्यस्तै मदनकृष्ण श्रेष्ठले आफुले पनि एउटा पुस्तक बजारमा ल्याउने तयारी गरिरहेको बताउँदै लयलाई बधाइ दिए । त्यस्तै डा. केदार न्यौपानेले पुस्तकको समिक्षा गरेका थिएभने डिकुरा पब्लिकेशनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले पुस्तकका बारेमा बोलेका थिए । यो उपन्यासलाई प्यासिफिक पब्लिकेशनले बजारमा ल्याएको हो ।

    laya sangraula (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु