• काव्य आचार्यको आउ नाचौं संगी हो

    म्यूजिक खबर
    प्रकाशित: १८ श्रावण २०७३, मंगलवार

    गायिका काव्य आचार्यको तिज गीत ‘आउ नाचौं संगी हो छम छम छम’ बजारमा आएको छ । तिज आउन एक महिना अगाडिदेखि नै बजारमा तिजका गीत आइरहेका छन् । पछिल्लो समय तिजलाई रत्यौली बनाइरहेको बेलामा गायिका आचार्यले बजारमा ल्याएको तिज गीत भने अलि मौलिकतातर्फ उन्मुख देखिन्छ ।

    kabya acharya song

    बजारमा वास्तविक तिज गीत खोज्दै जाँदा थोरै मात्रामा भेटिने गर्छन् त्योमध्ये गायिका आचार्यको तिज गीत आऊ नाचौं संगी हो पनि एकमा पर्छ । राजन ठकुरीको संगीत, सुमन बैरागीको शब्दरचना रहेको तिज गीतलाई शुभकामना मिडिया सोलुशनले बजार प्रबद्र्धन गरेको छ । यतिबेला सामाजिक सञ्जाल, यूट्यूब लगायत रेडियोहरुमा पनि धेरैपटक बज्न सफल भएको यो तिज गीतबाट गायिका आचार्यले ठूलो आशा लिएको बताएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु