• किन अटिनन् ‘कहानी-३’ बिद्या बालन ?

    म्यूजिक खबर
    प्रकाशित: २६ मंसिर २०७३, आईतवार

    vidya-balan

    एजेन्सी, मङ्सिर २६ । विद्या बालनको ‘कहानी–२’ हालै प्रदर्शन भएको छ । तर, कहानी–२ले कहानीको जस्तो व्यापार भने गर्न सकेको छैन । फिल्म पनि कहानीजस्तो दमदार नभएको बताइन्छ । तर, पनि कहानी–२ का निर्माता जयन्तीलाल गढा भने ‘कहानी–३’ बनाउने तयारीमा छन् । कहानी–२ को व्यापारबाट सन्तुष्ट रहेकाले त्यसको सिक्वेल बनाउने योजना बनेको उनले बताएका छन् । तर, सो फिल्ममा विद्या नै हुने भने यकिन भइसकेको छैन । सञ्चारकर्मीले कहानी–३ मा पनि विद्यानै त होलिन नि रु भनेर सोध्दा निर्माता मौन बसे । निर्माताले विद्यालाई फेरि लिन नचाहेको भारतीय अनलाइनको दाबी छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु