• कृष्ण कट्टेलको सरकार–पारिको गाउँ

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७२, बुधबार

    पत्रकार तथा कवि कृष्ण कट्टेलको कवितासंग्रह सरकार –पारिको गाउँ शनिबार एक कार्यक्रमका बिच लोर्कापण गरिएको छ । बरिष्ठ साहित्यकार,कवि तथा संस्कृतिविद् तुलसी दिवसको प्रमुख आतिथ्यमा काठमाण्डौको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा पत्रकार कट्टेलको कवितासंग्रह सार्वजनिक गरिएको हो । बरिष्ठ साहित्यकार तथा कवि श्रवण मुकारुङ लगायत थुप्रै साहित्यकार,पत्रकार लगायतको सहभागितामा कवितासंग्रह सरकार –पारिको गाउँका साथै गजलकार घनश्याम मुडभरीको सांगितिक गजल –यात्रा को पनि सोहि कार्यक्रममा सार्वजनिक गरियो । मुलुकको बर्तमान परिस्थिती तथा समसामयीक विषयबस्तुलाइ समेटेर तयार पारिएको कवितासंग्रहका विषयमा साहित्यकारहरुले आफ्नो धारणा व्यक्त गरे ।

    sarkar pariko gaun

    बरिष्ठ साहित्यकार तुलसी दिवसले साहित्य, कला र संगित क्षेत्रलाइ पनि समयानुकुल परिमार्जन गर्दै युगअनुसारको आवाज बोल्ने शक्तिका रुपमा स्थापित गर्नुपर्ने बताए । मुलुकले बेहोरिरहेको असहज अवस्था र नेतृत्वपङ्तीले पनि अबका दिनमा सिर्जनसिल र कुशलताका साथ जिम्मेवारी बहन गर्न सके नेपाली कला, साहित्य,संस्कृती तथा राजनीति नै परिवर्तनशिल र विकसित हुने बरिष्ठ कवि तुलसी दिवसले धारणा राखे । पत्रकार कट्टेलको कवितासंग्रह सरकार –पारिको गाउँ र गजलकार मुडभरीको सांगितिक गजल यात्रा ले पनि समयको माग र आवश्यक्तालाइ सम्बोधन गरेको अर्का बरिष्ठ साहित्यकार,कवि श्रवण मुकारुङले धारणा व्यक्त गरे ।

    कवि कृष्ण कट्टेलले समसामयीक राजनीति,सरकार, समय र समाजका परिवेशहरुलाइ कवितामा उतारेको कवि मुकारुङले बताए । कार्यक्रममा तुलसी दिवस र श्रवण मुकारुङका साथै युवापुस्ताका लोकप्रीय कविहरु प्रोल्लास सिन्धुलीय,हरिमाया भेटुवाल, असिम सागर लगायत साहित्यकार र संचारकर्मीहरुको सहभागिता थियो । पत्रकार कट्टेलको कवितासंग्रह सरकार –पारिको गाउँ शब्दार्थ प्रकाशनले प्रकाशित गरेको हो भने उषा मिडिया प्रालिले गजलकार मुडभरीको सांगितिक गजल तयार पारेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु