• कृष्ण थापाले भने रुन्छिन् आमा घरैको दुःखैमा

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७०, शनिबार

    काठमाडौं, १७ फागुन । गायक कृष्ण थापाले आफ्नो एकल साँझ सम्पन्न गरेका छन् । तनहुँको बसन्तुपरमा जन्मिएर लोकगायनको क्षेत्रमा उल्लेखय योगदान पु¥याएका गायक कृष्ण थापाले आफ्नो गायनकै यात्रामा पहिलो एकल साँझ गरेका हुन् । नेपाल मगर समाजको आयोजनामा गरिएको उक्त एकल साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सम्पन्न भएको हो ।
    धुरुधुरु सुखी माया, रुन्छिन् आमा घरैको दुःखैमा, कहिले रुने कहिले झस्किने, लगायतका चर्चित गीतहरुका साथमा प्रस्तुत भएका कृष्णा थापाले आफ्नो गायनको करिब तीन दशकको यात्रामा गाइएका गीतहरुलाई एकल साँझका माध्यमले पस्किएका हुन् । लामो समयसम्म गायन क्षेत्रमा लागे नेपाली मौकिल कला संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिएका कृष्ण थापाले जीवन भोगाइको क्रममा धेरै संघर्ष गरे । तर गायनबाट आफूलाई जति उचाइमा पु¥याए आफ्नो आर्थिक अवस्था भने सधैं कमजोर बनाइरहे । आफ्नो वास्तविक जीवन लोकगायनमा होमेका गायक कृष्णा थापाले जीवनकालमा गाएका लोकसंगीतको वास्तविकतालाई एकल साँझका माध्यमबाट प्रस्तुत गरेका हुन् । उनले आफ्नो विभिन्न कालखण्डमा गाइएका गीतहरुलाई एकल साँझका माध्यमले पस्किँदै आफ्नो गायकीलाई सम्पूर्णका सामु प्रस्तुत गर्नु आवश्यक भएको ठानेर एकल साँझको आयोजना गरेको बताएका हुन् । उनलाई नेपाल मगर साँझले यस अवसर प्रदान गर्नमा सहयोग पु¥याएको हो । थापाले गायिका नीता पुन, विमा कुमारी दूरा, खगिसरा थापा लगायतका गायिकाहरुको साथमा आफ्नो गायकीलाई प्रस्तुत गरेका हुन् ।

    krishna one night_mansudhan

     

    krishna one night

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु