• केसीको अनुभूतिका अक्षरहरु

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    बेल्जियममा बस्दै आएका साहित्यका दीपेन्द्र केसीको ‘अनुभूतिका अक्षरहरु’ खण्डकाव्य बजारमा आएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको प्रकाशनमा बजारमा आएको उक्त खण्डकाव्य साहित्यकार केसीले बेल्जियममा आयोजना भएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा सार्वजनिक गरेका हुन् । केसीकै अध्यक्षमा भएको उक्त सम्मेलनमा नेपाली साहित्यका हस्तीहरुको हातबाट सार्वजनिक गरिएको थियो ।
    केसीले आफ्ना हजुरआमा, हजुरबुबाको नाममा एक लाखको अक्षयकोष स्थापना गरी साहित्यिक क्षेत्रमा लागेका स्रष्टाहरुलाई पुरस्कारसमेत प्रदान गर्ने भएका छन् । डायस्पोरिक साहित्यमा सम्भवतः पहिलो खण्डकाव्यका रुपमा लिइएको अनुभूतिका अक्षरहरुले साहित्यबाट बेल्जियमको लुभेनमा बसीबसी क्रान्तिकारी रोमान्सेली स्वच्छन्दतावादी शैली र राष्ट्रभक्तिलाई आत्मसात गरेको छ । केसीले खण्डकाव्यमार्फत् वर्तमान यातायात र संचारमा भएको ज्ञान र विज्ञानको परिवर्तनले विश्वलाई एउटै गाउँ बनाएको उल्लेख गरेको छ भने एउटै गाउँ बनाएर समाजको खड्किलो चढ्न कठिन भएको पनि उल्लेख गरेको छ । कविले हिरा खोज्न समुन्द्रमा पसेजस्तो भएको दर्शाएको छ भने अभावमा जीवनको सुत्र छिनेको अनुभूति भएपछि कहिल्यै सुख शान्तिको सास फेर्न नपाएको व्यक्त गरेका छन् ।

    dipendra kc_anubhuti
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका अध्यक्षसमेत रहेका केसी बेल्जियम दर्पण, शब्दाञ्जलीको सम्पादक समेत हुन् । यसभन्दा अघि नर्थ सीको किनारबाट कवितासंग्रह प्रकाशनमा ल्याइसकेका केसीले अनुभूतिका अक्षरबाट आफ्नो जीवनका अनुभूतिहरुलाई व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु