• के सोचें मैले के भयो अहिले, अलबिदा कुसुम

    म्यूजिक खबर
    प्रकाशित: १८ जेष्ठ २०७४, बिहीबार

    जेठ १८, काठमाडौ । नेपाली सङ्गीत विशेष गरि चलचित्रको गीति लेखनमा अमुल्य योगदान दिनुहुने प्रसिद्ध गीतकार कुसुम गजमेरको निधन भएको छ । कलेजोसम्बन्धी रोगको उपचार गराइरहेकी उनको बिहीबार बिहान निधन भएको हो। उनी ७२ वर्षकी थिइन् । कुसुम प्रसिद्ध सङ्गीतकार रन्जित गजमेरकी श्रीमती हुन् । गीतकारका रुपमा नेपाली सिनेमा र सङ्गीत क्षेत्रसँग जोडिएकी उनका दर्जनौं गीत लोकप्रिय छन् । मोहनी लाग्ला है, वीरताको चीनो, झझल्को लिएर आएछ सावन, के सोचेँ मैले, यो मुटुलाई, चिया बारीमा हो चिया बारीमा, माया के होला आदि उनका लोकप्रिय गीत हुन् ।

    kusim gajmer

    उनको शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन्। बाँसुरी, लाहुरे, देउता, पिरती, सम्झना, चिनो, दुई थोपा आँसुसहितका नेपाली फिल्ममा उनले गीत लेखेकी छन् । भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मेकी उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी थिइन् । उनी निर्देशक तुलसी घिमिरेकी सासू पनि हुन् । उनका दुई छोरी र एक छोरा छन् । म्यूजिक खबर परिवार अमर स्रस्टा गजमेरको आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रती हार्दिक समबेद्ना प्रकट गर्द्छौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु