• को बन्ला सर्वोत्कृष्ट पप गायिका ?

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७४, मंगलवार
    Untitled-1

    ‘म्यूजिक खबर म्यूजिक अवार्ड-२०७४’

    असार ६, काठमाडौं । आकांक्षा, एन्जिला, दिपा, माण्डवी र योजना मध्ये को बन्लान् यो वर्षको उत्कृष्ट पप गायिका ?

    छैटौं ‘म्यूजिक खबर म्यूजिक अवार्ड-२०७४’ को मनोनयन सार्वजनिक भएको छ । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको अवार्डका लागि सर्वोत्कृष्ट पप गायन महिला विधाबाट गायिकाहरु आकांक्षा बस्याल, एन्जिला रेग्मी, दिपा पन्त, माण्डवी त्रिपाठी र योजना पुरी मनोनयमा परेका छन् ।

    सुमधुर स्वरका धनी गायिकाहरु निम्न गीतबाट नोमिनेसनमा परेका हुन् ।

    क) आकांक्षा बस्याल        म पग्लन्छु

    ख) एन्जिला रेग्मी            कपुरी क

    ग) दीपा पन्त                    झट्का

    घ) माण्डवी त्रिपाठी          ढोल बज्यो

    ङ) योजना पुरी                 म बस्नै नसक्ने

    जादुमयी स्वरका धनी यी गायिकाहरु मध्येबाट कुनै एकले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड उचाल्नेछन् ।

    म्यूजिक खबरको आयोजनामा हुने यस अवार्डको सहआयोजकका रुपमा भने सांस्कृतिक संस्थान जमल रहेको छ । राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न ३४ विधामा कलाकारहरुले अवार्ड उचाल्नेछन् ।

    सबै कलाकारलाई शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु