• क्रिष्टिना सुनुवार सहयोगार्थ सन्ध्या म्युजिकल लाइभ शो

    म्यूजिक खबर
    प्रकाशित: २८ फाल्गुन २०७४, सोमबार

    २८ फागुन, काठमाण्डौ । सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित सन्ध्या म्युजिकल लाइभ शो सम्पन भएको छ । गत शनिबार २६ गते सम्पन्न भएको उक्त कार्यक्रममा संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यता रहेको थियो । सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा गायक संगीतकार पुस्कर सुनुवारको सभापतित्वमा सम्पन्न अतिथि किशोर सुनुवारको उपस्थितिमा सम्पन्न भएको थियो ।
    कार्यक्रम क्रिष्टिना सुनुवार स्मृतिकोष स्थापनाको लागि गरिएको थियो र उक्त कार्यक्रमबाट उठेको रकम क्रिष्टिना सुनुवार स्मृति कोषमा सन्ध्या फाउन्डेसनका अध्यक्ष गायक तथा संगीतकार पुस्कर सुनुवारले क्रिष्टिना सुनुवारका बाबु निरकुमार रुपाचा लाइ हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायक पुस्कर सुनुवार, गायक चिरन्जिबी भण्डारी, गायक नबिन सुनुवार, गायक प्रदिप लामा, गायक कृष्ण कट्टेल, गगन प्रकाश लिम्बु, भोजराज प्रसाईं, गायिका पुजा सुनुवार, नेपाल आईडलकी प्रतियोगी मेनुका पौडेल, गायिका बबिता राई लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा गिनिज वोर्ल्ड रेकर्डेड डान्सर मनिष श्रेष्ठ, अल ईन वन ग्रुप, डान्सर तथा मोडल धिरज खत्री कबिता सुनुवार र नेपाली फिल्म झमक बहादुर टिमले उपस्थित दर्शक दिर्गामा रौनक बढाएका थिए । त्यसैगरी र चर्चित हाँस्य कलाकार यादव देवकोटा ‘सराप’ले सबै दर्शकलाई सराप्दै पेट मिचीमिची हाँस्न बाध्य बनाए । उक्त कार्यक्रम साँझ ६ बजे सम्म चलिरहेको थियो सो कार्यक्रमलाइ माया सुनुवार अस्मिता धमला र अनित बिष्टले संचालन गरेका थिए । ललितपुरको जावलाखेल फुटवल ग्राउन्डमा भएको सन्ध्या म्युजिकल लाइभ सो तथा बृहद सांस्कृतिक कार्यक्रममा दर्शकको ब्यापक उपस्थिति भएको थियो ।


    सन्ध्या फाउन्डेसन नेपाल सामाजिक सेवा र सांगीतिक क्षेत्रका सर्जक जो पैसाको कारण रोगले ग्रसित भई मृत्युसंग लड्न बाध्य हुन्छन ,कलिला बालबालिका जो पैसाकै कारण दरदर ठक्कर खाइ मृत्युसंग लडिरहेका हुन्छन ,त्यस्ता पिडितलाई अभियान चलाएर सहयोग गर्ने हेतुले यो सन्ध्या फाउन्डेसन नेपाल स्थापना भएको सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा गायक पुस्कार सुनुवारले उक्त कार्यक्रममा जानकारी गराएका थिए । सन्ध्या फाउन्डेसनका उपाध्यक्ष नबिन सुनुवारले उक्त कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको अन्तिम अवधिमा कलाकारहरुलाई सन्ध्या फाउन्डेसनका अध्यक्षले मायाको चिनो दिई कार्यक्रम समापन भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु