काठमाडौं, ५ पुस । खोटाङका गीतकार र संगीतकारको संयुक्त प्रयासमा नयाँ गीतिसंग्रह ‘समीर’ आधुनिक गीतिसंग्रह आउने भएको छ । केही समयदेखि अमेरिकामा बसोबास गर्दै आएका समीर आचार्यको एकल शब्द रचना र विगत लामो समयदेखि संगीतमा तल्लिन रहँदै आएका संगीतकार अविदको एकल संगीतमा तयार भएको एल्बम समीर अब बजारमा आउने तयारीमा रहेको छ ।
यस एल्बममा अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, मिलन अमात्य र विश्व नेपालीको स्वर रहेको छ । यस एल्बमका गीतमा संजीव बराइली, नोर्बु शेर्पा, आशिÈ अविरल र कुमार थापाले सङगीत संयोजन गरेका छन् । सुरप्रभा गीत संगीत प्रा. लि. ले बजार व्यवस्थापन गर्ने यस एल्बमका सबै गीत सङगम स्टुडियो कमलपोखरीमा रेकर्ड गरिएको हो ।