• गणेशको ‘हेरन ऐना’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७४, सोमबार

    काठमाडौं । नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारि गायक गणेश पटेनी भाटले ‘हेरन ऐना’ बोलको तिज गीत बजारमा ल्याएका छन् । बहुप्रतिभाका धनि गायक गणेशको ‘हेरन ऐना’ गीतमा शब्द, लय तथा स्वर गायक स्वंयमको रहेको छ ।

    उनलाई उक्त गीतमा निकै चर्चित गायिका देवी घर्ती मगर ‘ढकाल’ले स्वरमा साथ दिएकी छन् । पछिल्लो समय तिज गीतको नाममा निकै छाडापन आईरहेको बेलामा गायक गणेशले भने बिल्कुलै फरक र मौलिक पन बोकेको तिज गीत ‘हेरन एैना’ बजारमा ल्याएका हुन् ।

     

    गीतको म्युजिक भिडियोतर्फ बिक्रम चौहानको निर्देशनमा नायक सुशान्त कार्की र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । जसलाई अजय रेग्मीले छायांकन गरेका हुन्, भने मिलन बिकले सम्पालन गरेका हुन् ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु