• गरीबीको कथा ‘गयौ आमा’

    म्यूजिक खबर
    प्रकाशित: २२ मंसिर २०७४, शुक्रबार

    २२ मंसिर, काठमाडौं । गाउँमा होस् या शहरमा जीवन गुजार्दै गरेका गरीबहरुको कथाव्यथामालाई समेटेर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘गयौ आमा’ सार्वजनिक भएको छ । सुनखानी म्यूजिकको उत्पादनमा बजारमा आएको सुरज लामिछानेको गयौ आमा बोलको गीतमा स्वर स्वयम् लामिछानेकै रहेको छ । यस गीतको शब्द संगीत भने गायक विरही कार्कीको रहेको छ । बालबच्चा सानैमा छाडेर स्वर्गबास भएकी आमालाई सम्झिएको कथा यसभित्र समावेश गरिएको छ ।


    आजबाट बजारमा आएको गीत ‘गयौ आमा’को भिडियो भने मण्डली फिल्म्स्ले निर्माण गरेको हो । दिपेन्द्र तिमिस्लिनाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुन् । पवन सिंखडाको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा हिउँवाला गौतम, सुरज लामिछाने, विरही कार्की, अपूर्व गौतम, विशाल कार्की र हिमानी कार्की रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु